Email : info@totalnewssewa.com

इमरान र ट्रम्पबीच भेट , ट्रम्पको भनाईप्रति भारतको आपत्ति

साउन ७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणको क्रममा रहेका इमरान र ट्रम्पबीच भेटवार्ता भएको हो । ह्वाइट हाउसमा भएको भेटवार्तामा दुबै देशबीचको सहयोग , आपसी हिट , सहयोग र सहकार्यबारेमा छलफल भएको बताईएको छ । भेटका क्रममा ट्रम्पले भारत पाकिस्तानबीच लामो समयदेखि बिवादमा रहँदै आएको कश्मिरको मुद्धामा पनि छलफल भएको बताईएको छ । इमरान खानसंग आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै टम्पले कश्मिर बिवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफुहरुलाई सहयोग गर्न आग्रह गरेको बताए । उनले कश्मिर बिवादमा मोदीले आफुलाई मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न आग्रह गरेको दाबी गरे ।

पत्रकार सम्मेलनमा ट्रम्पले भने “दुई साताअघि नरेन्द्र मोदीसँग मेरो भेट भएको थियो, उहाँले मलाई तपाई मध्यस्थता गर्न चाहनुहुन्छ भनेर सोध्नु भयो मैले सोधेँ -कहाँ रु उहाँले भन्नु भयो कश्मिरमा” । उनले इमरानकै अगाडी दुबै देशको हितका लागि र दुबै देशको सहमतिमा आफु कश्मिर मुद्धाका लागि मध्यस्थकर्ता बन्न तयार रहेको बताए । ट्रम्प अभिव्यक्तिपछि इमरानले उनको भनाईको स्वागत गरे । यता ट्रम्पको अभिव्यक्तिपछि भारत भने रिसाएको छ । उसले कश्मिर बिवादका लागि मध्यस्थकर्ताको भूमिकालागि ट्रम्पसंग आग्रह नगरिएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले ट्वीट गर्दै मोदीले ट्रम्पसंग यस्तो आग्रह नगरेको बताएका छन् । उनले लेखेका छन् “हामीले कश्मिर मुद्धामा मध्यस्थकर्ताका लागि तयार रहेको राष्ट्रपति ट्रम्पको भनाइ पत्रकार सम्मेलनमा हे¥यौं, प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पसँग त्यस्तो कुनै पनि प्रस्ताव गर्नुभएको छैन ।”कश्मिरकै मुद्धामा भारत पाकिस्तानबीच लामो समयदेखि बिवाद रहँदै आएको छ । जसको कारण पनि भारतमा आतंककारी हमला हुँदै आएका छन् । पाकिस्तानले भारतसंग सम्बन्ध सुधारका लागि प्रयास जारी राखिरहँदा भारतले भने जबसम्म पाकिस्तानले आफनो भूमिमा रहेको आतंकवादलाई कारवाही गर्दैन तबसम्म पाकिस्तानसंग वार्ता हुँनै नसक्ने अभिव्यक्ति दिँदै आएको छ । 



प्रतिक्रियाहरु