Email : info@totalnewssewa.com

कश्मिरमा तनाव बढ्यो , शीर्ष नेताहरु नजरबन्दमा

साउन २० -पुलवामा आक्रमणपछि भारत प्रशासित कश्मिरमा सरकारले कडा नीति लिएर कारवाही गरिरहेको छ । पुलवामा आक्रमणमा करिश्मरी युवककै संलग्नता देखिएपछि सरकारले कश्मिरमा कडा कारवाही गरिरहेको छ जसको कारण सो क्षेत्रमा दैनिक जसो भिडन्त हुँदै आएका छन् । यता चरमपंथी समूहलाई लिएर भारतले कडा नीति अबलम्बन गर्दै गर्दा कश्मिरको स्थिती तनावग्रस्त बनिरहेको छ । बिषेश गरी कश्मिरको समस्यालाई लिएर त्यहाँ नेता तथा धार्मिक गुरुहरु समेत पाकिस्तानसंग मिलेको सरकारले आरोप लगाउँदै आएको छ । यसबीच कश्मिरमा कडा कारवाही गर्ने क्रममा त्यहाँका कयौँ नेताहरुलाई नजरबन्दमा राखिएको छ । सोमबार बिहानै देखि उनीहरुलाई नजरबन्दमा राखिएको छ ।

स्थानीय प्रशासनले कश्मिरमा सुरक्षा सतर्कता बढाउँदै प्रभावशाली नेताहरुलाई उनीहरुकै घरमा नजरबन्दमा राखिएको छ । नजरबन्दमा पर्नेहरुमा नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोन रहेका छन् । त्यतीमात्र होईन सम्भावति असुरक्षालाई समेत मध्यनजर गर्दै सर्वसाधारणहरुलाई समेत हिडडुल गर्न रोक लगाएको छ। बिषेशगरी श्रीनगरमामा सर्वसाधारणलाई हिडडुल गर्न रोक लगाईएको छ । साथै सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गरिएका छन् भने मोबाईल र इन्टरनेट सेवा समेत बन्द गरिएको छ । यता पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले सर्वसाधारणलाई संयमता अपनाउन आह्वान गरेका छन् ।

पूर्व मुख्यमन्त्री मुफ्तीले पनि आफुहरुलाई नजरबन्दमा राखिएको भन्दै आपत्ति जनाएका छन् । उनले भारत सरकारले यस्तो व्यवहार गरेर कश्मिरको मुद्धा कमजोर र दबाउँन खोजेको आरोप लगाएकीछिन्  । कश्मिरमा सुरक्षा व्यवस्था कडा भएसंगै पाकिस्तानले पनि आफनो क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । कश्मिरको अवस्थालाई मध्यनजर गर्दै आईतबार बसेको नेशनल सेक्युरिटी कमिटीको बैठकले भारतीय सेनाबाट हुने कुनै पनि प्रकारको आक्रमण वा दुस्साहसको जवाफ शसस्त्र ढंगले दिने निर्णय समेत गरिएको छ । पाकिस्तानले कश्मिरको स्थायी शान्ति भारतले बिथोल्न खोजेको आरोप समेत लगाएको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु