Email : info@totalnewssewa.com

विश्वकप क्रिकेटमा न्युजिल्याण्डलाई हराउदै इंग्ल्याण्ड बन्यो विश्व विजेता

असार ३०- आईसीसी एक दिवसीय विश्वकपको उपाधी इंग्ल्याण्डले चुमेको छ । नेपाली समय अनुसार आइतबार राती सम्पन्न फाइनलमा न्यूजिल्याण्डलले दिएको २४२ रनको लक्ष्य पच्छाएको इंग्ल्याण्डले खेल बराबरीमा रोकेपछि सुपर ओभरमा पुग्यो तर पनि बराबरी भए पछि बाउण्डरीको आधार इंग्ल्यान्ड विजेता बन्यो ।

हराउदै उपाधी उचाल्न सफल इंल्याण्डले पहिलो पटक विश्पकप क्रिकेटमा इतिहास रचेको हो । तर सुपर ओभरसम्म खेल पुग्दा इंग्ल्याण्डकालागि इतिहास रच्न निक्कै हम्मे हम्मे पर्याे ।

अन्तिम बलमा एक रन लिदै खेललाई बराबरीमा पुर्याउदा इंल्याण्डका सबै खेलाडी आउट भइसकेका थिए । विश्वविजेता बन्न सुपर ओभरमा इंल्याण्डले १५ रन जोड्यो भने न्युजिल्याण्डले जित्नकालागि १६ रन बनाउनु पर्ने थियो तर १५ रन जोड्दै  बराबरी गर्यो । अनि खेलको नतिजा बाउन्डरीको आधार भएको हो । अन्तिम बलमा एक रन जोड्दै मार्टिन गुप्टिल आउट हुदाँ न्युजिल्याण्ड उपविजेतामा चित्त बुझाउन पुग्यो ।

लण्डनको लर्ड्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४१ रन बनाएको थियो ।

न्यूजिल्याण्डका लागि हेनरी निकोल्सले सर्वाधिक ५५ रन बनाए । उनले ७७ बलमा ४ चौकाको सहयोगमा ५५ रन बनाएका हुन् । त्यस्तै टम लाथमले ४७ रन बनाउँदा कप्तान केन विलियम्सनले ३० रन बनाए । ओपनिङ ब्याट्सम्यान मार्टिन गप्टिल मात्र १९ रनमा आउट भए ।

 

इंग्ल्याण्डका लागि क्रिस वोक्स र लायम प्लंकेटले ३–३ विकेट लिए । त्यस्तै मार्क वुड र जोफ्रा आर्चरले एक–एक विकेट लिए ।

केन विलियम्सनले कप्तानका रुपमा विश्वकपमा धेरै रन बनाउन १२ बर्ष पुरानो कीर्तिमान तोडेका छन् । यसअघि श्रीलंकाका खेलाडी महेला जयबर्दनेले बनाएको ५४८ रनको रेकर्डलाई विलियम्सन तोड्न सफल भएका हुन् ।

हेरौँ खेलको केही हाइलाइट्स-



प्रतिक्रियाहरु