कोरोनाले ओलम्पिकमा समेत असर गर्न सक्ने

फागुन ११- कोरोना भाइरसको कारण जुलाईमा सुरु हुने ओलम्पिक खेललाई पनि असर पार्ने भएको छ ।

 

जापानको राजधानी टोकियोमा २४ जुलाईबाट सुरु हुन ओलम्पिक समेत अन्यौलमा पर्ने सम्भावना देखिएको हो । जापानमा पनि कोरोना भाइरसको संक्रम भेटिएपछि चिन्ता बढेको छ ।

 

जापानमा अहिलेसम्म ७०० भन्दा धेरैलाई कोरोनाको संक्रमण देखिएको छ ।

 

चीन पछि सबैभन्दा बढी कोरोनाको असर जापानमा देखिएको हो ।

 

यही कारण आयोजकले स्वयंसेवकहरुको लागि दिइने प्रशिक्षण स्थगित गरेको छ ।

 

तर जापानले पटक पटक ओलम्पिक तय गरिएकै समयमा खेलाउने दाबी गरिरहेको छ ।



प्रतिक्रियाहरु