Email : info@totalnewssewa.com

विद्युतीय बस सञ्चालनमा नल्याए लगानी फिर्ता लैजाने एडीबीको चेतावनी

जेठ ३ – लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका पाँचवटा इलेक्ट्रिकल बस १५ दिनभित्र सञ्चालनमा नल्याए एसियाली विकास बैङ्क (एडीबी)ले आफ्नो लगानी फिर्ता लैजाने भएको छ । बैङ्कले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाइ सो व्यहोरा जानकारी गराएको हो । मन्त्रालयका अनुसार वैशाख १६ गतेसम्म ति बस सञ्चालन हुने वा नहुने भन्ने विषयमा टुङ्गो लागाउनुपर्ने छ । एडीबीको आर्थिक सहयोगमा ल्याइएका बस खरिद सम्झौताभन्दा फरक पाइएपछि मन्त्रालयले छानबिन गरिरहेको छ । बस दक्षिण एसिया पर्यटन पूर्वाधार आयोजनाले चाइनाको बी वाईडी सप्लायर्स कम्पनीसँग खरिद गरेको थियो । मन्त्रालयले महिनौँदेखि सुरु गरेको छानबिन अहिलेसम्म सकिएको छैन । पत्र पठाइ सकेपछि बैङ्क र मन्त्रालयबीच छलफल भइरहेको छ ।

 

     गतसाता बैङ्कका प्रतिनिधि मन्त्रालयलमा छलफलका लागि आएका थिए तर मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा प्रधानमन्त्रीसँग कम्बोडिया भ्रमणमा गएकाले निर्णय हुन भने सकेन । मन्त्रालयका सहसचिव सुरेश आचार्यले भन्नुभयो, छलफलका लागि एडीबीका प्रतिनिधि आउनुभएको थियो तर हामीले १५ दिनपछि जे निर्णय गर्नुपर्छ गरौँला भनेका छौँ । प्रवक्ता धनश्याम उपाध्याय ‘पाँचवटा विद्युतीय बस खरिद सम्झौताभन्दा फरक भएको हाम्रा टेक्निसियनले बताएपछि हामी छानबिन गरिरहेका छौँ । सम्झौता भएअनुसारकै बस ल्याउने वा के गर्ने भन्ने कुरा अध्ययनपछि थाहा हुने उहाँले बताउनुभयो । २०७५ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रै ति पाँचवटा बसको उद्घाटन गर्नुभएको थियो ।

 

     सरकारले सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय सवारी पु¥याउने लक्ष्यसहित सरकारले तीन सय विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको पाँच महिना भयो तर काम अझै सुरु भएको छैन । गत पुसमा विद्युतीय बस खरिदका बारेमा यातायात व्यवस्था विभागले अध्ययन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । मन्त्रालयले कार्यदल बनाएर तीन सय बस खरिदका लागि इस्फेसिपिकसन तयार गरेको छ तर खरिदका लागि बजेट विनियोजन नभएको मन्त्रलायले जानकारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटा भन्नुहुन्छ, सामान्य बुझ्ने काम भएको छ बजेट विनियोजना भएपछि प्रक्रिया अघि बढ्छ । आर्थिक वर्ष २०६७÷७७ को वार्षिक नीति तथा कार्यक्रममा विद्युतीय बस सञ्चालन गर्ने नीति उल्लेख छ।



प्रतिक्रियाहरु