Email : info@totalnewssewa.com

के तपाई मोजा गनाउने समस्याले चिन्तित हुनुहुन्छ ,यस्ता छन् समाधान गराउने उपायहरु

मानिसहरुमा बिशेषगरी गर्मीको समयमा मोजा गनाउने समस्या हुन्छ । गर्मी महिनामा खुट्टामा रहेको ब्याक्टेरिया बढि सक्रियहुने भएकाले पनि मोजा गनाउने समस्या उत्पन्न हुन्छ। इसै समस्याले गर्दा मानिसहरुलाई अरुको छेउमा लज्जीत तथा दुर्गन्धित भएर बस्नु पर्ने बाध्यता समेत हुन्छ ।

गर्मीको समयमा कहि मानिसहरुलाई यस समस्याले चिन्तित बनाईरहेको हुन्छ । त्यसैले आज हामी तपाईहरुलाई गर्मीमा मोजा गनाउने समस्या हटाउने बारेमा जानकारी दिन गईरहेका छौं । जस्ले तपाईहरुको मोजा गनाउने समस्याको समाधान हुन्छ । यस्ता छन् मोजा गनाउने समस्याबाट छुटकारा पाउन मद्धत गर्ने केही उपायहरु
१ खुट्टा उत्पन्न हुने व्याक्टेरिया मार्नु पर्छ । जस्को लागी सफा गर्दा व्याक्टेरिया मार्ने साबुन प्रयोग गर्ज पर्दछ । विशेषगरी औलाको कापलाई राम्रोसँग पखाल्नु होस् ।
२. खुट्टा तथा औलाका कापलाई सुख्खा राख्नुहोस् । यस्ले पनि मेहि हद सम्म व्याक्टेरिया उत्पादन हुन कम गर्छ ।
३. बढि पसिनाका कारण खुट्टा गनाउने भएकाले जुत्ता लगाउनुभन्दा पहिला मोजामा पसिना रोक्ने औषधी राख्नुहोस् ।
४. खुट्टामा लगाउने विभिन्न पाउडर बजारमा किन्न पाइन्छ । यदि खुट्टा गन्हाएर हैरान हुनुभएकाृे छ भने यस्तो पाउडर किनेर लगाउन सक्नुहुन्छ ।
५. भिनेगर ९एक प्रकारको अमिलो० मिसाएको पानीमा १५ मिनेट खुट्टा डुबाएर राख्ने हो भने पसिना निकै कम आउँछ । यस्तो पानीले गन्ध कम गराउनुका साथै व्याक्टेरिया पैदा हुन पनि दिदैन ।
६. गर्मी समयमा सकेसम्म जुत्ता नलगाउनुहोस् । जुत्ताको सट्टा चप्पल लगाउनु भयो भने खुट्टामा पसिना जम्मा हुन पाउँदैन ।



प्रतिक्रियाहरु