Email : info@totalnewssewa.com

‘हाइ हिल’को जुत्ताले निम्त्याउन सक्छ यस्ता समस्याहरू

भदौ २७- राम्री देखिनका लागि महिलाहरू फेसनमा जे चलेको छ त्यही गरिरहेका हुन्छन् । राम्रो पर्सनालिटीको लागि होस् या आफूलाई अग्लो देखाउनका लागि आजकल धेरैजसो महिलाहरूले हिलको जुत्ता लगाउन थालेका छन् ।

 

महिलाहरूले प्रायजसो विभिन्न प्रकारको पार्टी वेअर ड्रेसहरूमा, अफिस जानका लागि, घुम्न जान हाइ हिलको जुत्ता लगाएको देख्न सकिन्छ । तर, आजकल दैनिक प्रयोगको लागि समेत महिलाहरुले हाई हिल लगाउन थालिसकेका छन् ।

 

हाइ हिल लगाउनाले स्टाइलिस् त पक्कै देखाउछ तर, यस संग–सँगै हिलले पीडा पनि दिएको हुन्छ । हिल लगाएर हिँड्न निकै अप्ठ्यारो हुने गर्छ । हिल लगाउँदा खुट्टामा घाउ हुने, चोट लाग्ने वा खुट्टा दुख्ने, ढाड दुख्ने समस्या उत्पन्न हुन सक्छ । नरम छाला हुनेहरूको लागि जुत्ता टाइट हुँदा हिलको दबाबले खुट्टामा फोका उठ्ने र घाउ हुनुका साथै दाग पनि बस्न सक्ने सम्भावना हुन्छ ।

 

हिल लगाएर धेरैबेर उभिँदा वा अलि धेरैबेर हिँड्नु पर्दा, पार्टीहरूमा नाच्नु पर्दा पूरा शरीरमा दुखाइ सुरु हुन थाल्छ । यस्ता हिल लगाउनाले उठ्न बस्न मात्र समस्या नभइ स्वास्थ्यमा समेत विभिन्न समस्या निम्तिने कारण बन्न सक्छ । हाइ हिल भएको जुत्ता लगाउने गर्दा शरीरलाई एउटै स्थितिमा राख्ने भएकाले शरीर सजिलै चल्न पाउने स्तिथीमा हुँदैन जसले गर्दा शरीरमा पीडा हुन सुरु हुन्छ ।

 

यस्तो प्रकारको जुत्ता लगाउँदा खुट्टाको पछाडीको भागले राम्रो सपोर्ट नपाउने हुँदा धेरै बेरसम्म सिधा एकै ठाउँमा उभिरहनु पर्ने हुन्छ । हाइ हिलका कारण गर्दन, ढाड, खुट्टा तथा हाडजोर्नीमा समस्या सुरु हुन थाल्छ । हाइ हिल भएको जुत्ता लगाउँदा एकदम सतर्कता अपनाउनु पर्छ । धेरैजसोलाई महिलाहरूले हिल लगाउँदा भुइँ र खुट्टाको सन्तुलन मिलेको हुँदैन जसको फलस्वरूप उनीहरूको खुट्टा बाँउडिने, लड्ने, खुट्टा दुख्ने तथा हड्डीसमेत बंगिने समस्या हुन सक्छ ।

 

ढाड, कम्मर र खुट्टा दुख्ने समस्या भएका महिलाहरूले हाइ हिल भएको जुत्ता लगाउनु हुँदैन । यसले अझ उनीहरूको समस्यालाई बढाउने काम गर्छ र पीडा दिरहेको हुन्छ । त्यसैले, जुत्ता किन्दा धेरै हाइ हिल नकिन्नु नै बेश हुने गर्छ । यदि, लगाउन आवश्यक परे आफूलाई सजिलो हुने सानो हिल भएको जुत्ता लिने गर्नु पर्छ ।

 

यसका साथै मन परेर साइज नपाएको खण्डमा जुत्ता किन्दा कसिलो जुत्ता, आफूलाई हिँड्न अप्ठ्यारो भएको जुत्ता कहिले पनि किन्नु हुँदैन । यसले गर्दा खुट्टामा फोका आएर घाउ हुनुका साथै लड्न पनि सकिन्छ । साथै, यसले शरीरको सन्तुलनमा समेत विभिन्न समस्याहरू उत्पन्न गराउने हुन्छ ।



प्रतिक्रियाहरु