कोरोनाबाट बच्न गर्भवतीले अपनाउनुपर्ने सतर्कता

बैशाख ५- आमाबाट बच्चामा कोरोना भाइरस सर्दैन भन्ने कुरा केही अध्ययनले देखाएपनि केही नवजात शिशुमा भने संक्रमण देखिएका हुनाले कोरोना भाइरसबाट गर्भवती महिलालाई कसरी बचाउन सकिन्छ भन्ने हरेकको चिन्ताको विषय बनेको छ ।

यस्तैमा कोरोना भाइरसको संक्रमणको खतरा गर्भवती महिलालाई समेत हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाइसकेको छ ।

गर्भवती अवस्था एकदमै संवेदनशील हुने हुँदा यो समय महिलाको शारीरिक अवस्था कमजोर हुनुको साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ ।

जसले गर्दा उनीहरू विभिन्न रोगबाट चाँडै नै संक्रमण हुने सम्भावना बढी रहन्छ । 

गर्भवती महिलाले कोरोना भाइरसको संक्रमणबाट आफूलाई मात्र नभएर गर्भमा रहेको शिशुलाई पनि जोखिम हुन सक्ने हुँदा गर्भवती महिलाले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

गर्भवती महिलाले अपनाउनु पर्ने सतर्कता :

  • नियमित रूपमा साबुन पानी वा स्यानिटाइजरले हात धुने
  • आँखा, मुख तथा नाकमा नछुने
  • सरसफाइमा विशेष ध्यान दिने
  • अन्य मानिसको सम्पर्कबाट टाढै रहने
  • खोक्दा तथा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, अरूले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने
  • पौस्टिक खानेकुरा बढी खाने
  • हल्का खालको व्यायाम गर्ने
  • अहिले संक्रमण हुने सम्भावना बढी भएको हुँदा रेगुलर चेकअप केही समयपछि जाँदा पनि हुन्छ
  • कुनै जटिल अवस्था आएम अस्पताल जाने

डब्ल्यूएचओका अनुसार गर्भवती महिलालाई उच्च रुघाखोकी लागेका, ज्वरो आएमा तथा स्वास फेर्न गाह्रो भएमा तत्कालै अस्पताल गएर परीक्षण गराउनुपर्ने हुन्छ ।

गर्भवती महिलामा कोरोना भाइरसको लक्षण देखिएमा करिब २ हप्तासम्म ‘सेल्फ आइसोलेसन’मा बस्नसमेत सुझाइएको छ ।



प्रतिक्रियाहरु