निको भएकालाई पनि कोरोना संक्रमण दोहोरिन सक्छ : डब्लुएचओ

बैशाख १४- कोरोना भाइरस सङ्क्रमणपछि निको भएकाहरुलाई पुनः सङ्क्रमण नहुने निश्चिन नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

 

डब्लुएचओले शनिबार एक पटक कोरोना संक्रमण भएकाहरुलाई फेरी संक्रमण नहुने भन्ने निश्चित नभएको भन्दै चेतावनी दिएको हो ।

 

डब्लुएचओको चेतावनीले सङ्क्रमणबाट निको हुनु भनेको सङ्क्रमणबाट स्वस्थ्य भएपछि पुनः यो रोग नलाग्ने प्रमाण पत्र नभएको बुझ्न सकिन्छ ।

 

डब्लुएचओले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेको व्यक्ति दोस्रो सङ्क्रमणबाट सुरक्षित छ भन्ने अहिलेसम्म त्यस्तो कुनै तथ्य भेटिएको छैन ।”



प्रतिक्रियाहरु