सुन्दरताका लागि मेथी फाइदाजनक

जेठ ७- मेथीलाई तरकारीमा पड्काएर, झोल, अचार, पराठा, साग, मसाला जस्ता विभिन्न परिकारमा प्रयोग गर्न सकिन्छ । 

मेथीको प्रयोग शारीरिक स्वास्थका लागि एकदमै फाइदाजनक मानिन्छ । 

शारीरिक फाइदाका साथ साथै मेथीले सौन्दर्यतालाई निखार्न पनि लाभदायिक हुन्छ ।

मेथीमा पाइने सौन्दर्यवर्धक गुणले छाला सम्बन्धि सम्पूर्ण विकारलाई हटाएर छालालाई चम्किलो बनाउन मद्दत गर्छ ।

मेथीले अनुहारमा आउने खील भएको डण्डीफोरलाई रोक्न मद्दत गर्छ । साथै यसको नियमित प्रयोगले अनुहारमा रहेका डण्डीफोरले बनेको घाउ वा आगोले पोलेको घाउको दागलाई पनि हटाउने गर्छ । 

मेथीले छालामा निखार र चमक ल्याउनुका साथै चाउरीपन हटाउने, कालो दाग, धर्का, संक्रमण जस्ता अनुहारको गम्भिर समस्याबाट छालाको रक्षा गर्ने गर्छ ।

मेथीले पुराना छालाका समस्याबाट पनि छुटकारा दिलाउने क्षमता राख्दछ ।

अनुहारको सुन्दरताको लागि मेथीको दाना, मेथी भिजाएको पानी, मेथीको धुलोमा बेसन र दहीको मिश्रण गरेर प्रयोग गरि फेसप्याक बनाउन सकिन्छ ।

साथै डण्डीफोर हटाउनका लागि मेथीको दानालाई पिसेर महसँग मिसाएर दैनिक राती सुत्न अघि डण्डीफोर आएको ठाउँमा वा दागहरू भएको ठाउँमा लगाएर छोड्ने र बिहान उठेपछि हल्का चिसो पानीले पखाल्दा लाभ हुन्छ । 

केही हप्ता मेथीको फेसप्याकलाई अनुहारमा निरन्तर लगाएपछि डण्डीफोर हराएर जान्छ ।

घरेलु उपायहरूले तत्काल परिणाम भने प्राप्त हुदैन । यी उपायलाई ३ देखि ६ महिना सम्म नियमित रुपमा हप्तामा दुइ पटक प्रयोग गरेपछि मात्रा केहि सुधार देख्न सकिन्छ ।

यस्ता उपायहरू हरेकको अनुहारलाई सुट गर्न नसक्ने हुदा पहिला हात वा कान पछाडी थोरै टेस्ट गरेर मात्र अनुहारमा प्रयोग गर्नु पर्ने हुन्छ ।



प्रतिक्रियाहरु