Email : info@totalnewssewa.com

जब एक युवकले दुई तलामाथिबाट खसेकी बच्चीलाई समातेर बचाए (भिडियो सहित)

असार १६- बढ्दो सामाजिक सञ्जालको प्रयोगको कारण नै यतिबेला राम्रा र नराम्रा दुबै भिडियोहरु भाईरल हुने गर्छन् । तर जब कसैले झनै राम्रो काम गर्छन् भने भाईरल हुने र चर्चित हुने गरेका छन् । भनिन्छ संसारमा जीवनदान जस्तो ठुलो पुण्य काम अरु केही हुनै सक्दैन । यस्तै पुण्यको काम गरेर चर्चामा आईरहेका छन् टर्कीको इस्तानबुलमा एक १७ वर्षीय युवक । जसले अग्लो घरको झ्यालबाट कसेकी एक सानी बालिकालाई उनले समातेर बचाएका छन् । अल्जेरियाका फ्युजी जबात नाम गरेका ती युवकले दुई तल्लामाथिबाट सडकमा खसेकी बच्चीलाई बीचैमा समातेका छन्।

ती युवक सडकमा हिडिरहेका हुन्छन् र उनले बच्चीलाई खस्न लागेको देखेपछि निकै सुझबुझका साथ उनले झ्यालमुनि आएर उभिएर बालिकालाई बचाउच्छन् । ती बालिका यस्तो रफ्तारमा खसेकी थिईन् की उनी सडकमा बजारिएको भए सायद उनी जीवित नै रहने थिईनन् तर फ्युजीले उनलाई जीवनदान दिए । उनले बालिकालाई बचाएको दृश्य सिसिटिभीमा कैद भएको थियो जुन भिडियो यतिबेला विश्वभर भाईरल बनिरहेको छ । उनको बहादुरी र मानवताको विश्वभरका दर्शकहरुले प्रशंसा गरिरहेका छन् ।

 



प्रतिक्रियाहरु