Email : info@totalnewssewa.com

अनौठी महिला : जस्ले सुन्दिनन् पुरुषको आवाज

असार ३०- दुनियामा मानिसहरुलाई बिभिन्न आश्चर्य खालका रोगहरु लाग्ने गरेका हुन्छन् । जस्को अचम्म खालको समस्याहरु हुने गर्छन् । बिभिन्न अन्तराष्ट्रिय समाचारका अनुसार दुनियामा यस्ती महिला छिन्। जो पुरुषको आवाज सुन्न सक्दैनन् । बताईए अनुसार पहिले चेन नामकी ती महिलाको यस्तो समस्या थिएन् । तर पछिल्लो समय उनि त्यस अनौठो रोगसँग संघर्ष गरिरहेकी छिन्।

यस मसस्या आउदा शुरुमा उनको कानमा राती घण्टी बजेझैँ भयो । त्यसपछि ती महिलालाई बान्ता आउन थाल्यो । र उनको कानले सुन्न छाड्यो । उनलाई reverse-slope hearing loss भन्ने रोग लागेको डाक्टरहरु बताउछन् ।

यस रोगका कारण उनले न्यून आवृत्तिको आवाज सुन्न सक्दैन । पुरुषको आवाज न्यून फ्रिक्वेन्सीको हुने हुनाले यस रोगका लागेपछि पुरुषको आवाज नसुन्ने समस्या आउने गर्छ । तर महिलाको आवाज भने पुरुषको भन्दा उच्च फ्रिक्वेन्सीको हुने भएकोले ति महिलाले समेत सुन्ने गर्छिन् । आफ्नो ब्वायफ्रेण्डको आवाज सुन्न छाडेको भन्दै ती युवती अस्पतालमा पुगेकी थिइन् ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु