यसरी छानिएको रहेछ ट्राफिक लाईटको रङ, यस्तो रहेछ इतिहास

कार्तिक २३- ट्राफीक नियम पालना गर्नको लागी हाम्रो देश नेपाल लगाएत विश्वमा नै ट्राफिक लाईटको ब्यवस्था गरिएको छ । सवारी दुर्घटना न्युनीकरण लगाएतका कारणको लागी बिभिन्न शहरको चोक चोकमा सो लाईटको ब्यवस्था गरिएको हुन्छ ।

 

रातो हरियो र पहेलो बत्तिको माध्यमबाट यात्रुहरुलाई सिग्नल दिने गरेका हुन्छन् । तर तपाईहरुलाई थाहा नहुन सक्छ । यसको किसिमको नियम कसरी लागु भयो भनेर । विश्वमा सबैभन्दा पहिले सन् १८६८ को डिसेम्बर १० तारेखमा बेलायतमा ट्राफिक बत्ती जडान गरिएको थियो । रातमा देखियोस् भन्नका लागि ग्यासको प्रगोग गरिएको बत्ति जडान गरिएको थियो । बत्ति लण्डनस्थित संसदभवन बाहिरको सडकमा जडान गरिएको थियो ।

 

शुरुमा ट्राफिक लाइटमा रातो र हरीयो रंगको प्रयोग गरेपनि पछि पहेँलो रङपनि थपेको थियो । प्रष्ट देखिने तथा मानिसलाई सचेत गराउनका लागि भन्दै ट्राफिक लाइटमा रातो रङ प्रयोग गरेको थियो । रातो रङको अर्थ अगाडि खतरा तथा गाढा पनि हुन्छ र टाढैबाट देखिने भएकाले यसको प्रयोग भएको बताईन्छ । यो रङलाई ट्राफिक बत्तीमा गाडी वा यात्रुलाई रोक्नका लागि प्रयोग गरियो ।

 

पहेँलो रङलाई ट्राफिक लाइटमा राख्नुको कारण चाँहि पैदल बाटो काट्न अथवा गाडी अगाडि बढाउनका उर्जाको प्रयोग गर्न तयार होउभन्ने संकेत दिनु हो ।हरियो रङले सबैकुरा ठीकठाक छ भन्ने कुराको संकेत गर्दछ । त्यसैले ट्राफिक लाइटमा यो रङलाई अब गाडी अगाडि बढाउ वा पैदल यात्रीलाई बाटो काट्न सुरु गर भन्नका लागि प्रयोग गरिएको हो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु