बुटवलको सिद्धबाबा मन्दिरमा निःशुल्क बस सेवा

बुटवल । ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलबाट झण्डै ३ किलोमिटर दुरीमा रहेको पाल्पाको  तिनाउ गाउँपालिकाको दोभानमा रहेको सिद्धबाबा मन्दिरले बस संचालन गरेर नमूना काम गरेको छ । मन्दिरका तर्फबाट नि.शुल्क बस चलाएर भक्तजनको सेवामात्र होइन, मन्दिरको आम्दानी पनि बृद्धि गरेको छ ।  

 

 

बुटवलदेखि नजिकै रहेको यो ऐतिहासिक मन्दिरको आफ्नो विशिष्ट महत्व छ । धेरैको आस्थाको धरोहरका रुपमा रहेको यस मन्दिरमा दर्शनार्थीहरुको सधैँजसो घुइँचो लाग्ने गर्दछ । त्यसमाथि निःशुल्क बस चलाएपछि आफूहरुलाई धेरै सहज भएको भक्तजनहरुले बताएका छन् ।गएको शिवरात्रीदेखि मन्दिर व्यवस्थापन समितिले निःशुल्क रुपमा भक्तजनका लागि बस संचालनमा ल्याएको हो । निःशुल्क बस संचालन भएको एक वर्ष नपुग्दै मन्दिरको आयमा समेत वृद्धि भएको छ ।शिद्धवाबा मन्दिरको व्यवस्थापन समिति पाल्पाले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने ड्राईभर टोलबाट निःशुल्क रुपमा मन्दिर जाने आउने व्यवस्था सहित बस चलाएको छ । अझ वृद्धा, अशक्तदेखि विद्यार्थीका लागि बसले निकै ठुलो राहत प्रदान गरेको छ 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु