Email : info@totalnewssewa.com

डाक्टर कमल लामिछानेद्वारा लिखित कृति ”अन्तर्दृष्टी”को जापान लोकार्पण हुँदै

बिष्णु सापकोटा टोकियो जापान ।

      टोकियो विश्वविद्यालय जापानबाट विद्यावारिधि गर्ने पहिलो नेपाली दृष्‍टिबिहिन डाक्टर कमल लामिछानेद्वारा लिखित कृति ”अन्तर्दृष्टी”को जापान लोकार्पण हुने भएको छ ।  

     यहि जुन २९ तारिख शनिबार टोकियोमा हुने कार्यक्रमलाई गैर आवासिय नेपाली संघ जापान र अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले संयुक्त रुपमा आयोजना गरेका छन् ।  

 

      चुकुबा विश्वविद्यालय जापानमा सह-प्रध्यापकको रुपमा कार्यरत कृतिकार लामिछानेको पुस्तक बिमोचन समारोह सँगै  अन्तरक्रियात्मक कार्यक्रम हुने पनि जनाएको छ ।  

       अनेसास जापान च्याप्टरका अध्यक्ष दीप पाठकले साहित्यको कुनै परिधि नहूने भएको कुरा बताउँदै सबै जापानबाशी नेपालीमा उपस्थितिकालागी अनुरोध गर्नुभएको छ ।  

      डाक्टर लामिछानेको संस्करणात्मक कृति अन्तर्दृष्टीको शनिबार(जुन २२) नेपाल लोकार्पण समेत भएको जनाईएको छ ।  

 

             १५ बर्ष देखी जापानमा रहनुभएका कृतिकारले  अपांगता भएकाहरुको हौसला बढाउने मात्र होइन, सपांग व्यक्तिलाई पनि अपांगताबारे बुझाउने काम गरिरहनुभएको छ।

 

      शिक्षाले साँच्चिकै जीवन बदल्ने सामर्थ्य राख्दछ भन्नेमा बिश्वस्त कृतिकारले घर, परिवेश, समाज, १५ वर्षभन्दा बढिको जापान बसाईंका भोगाई, अनुभव र अनुभुतिहरु  जीवनका दु:ख र खुशीका पलहरु समेटेर पुस्तक लेखेको जानकारी गराउनुभएको छ ।  

      साथै आगामी दिनहरुमा पनि सबैको हौसला र प्रेरणाले आफु सामाजिक कार्यमा झनै सक्रिय हुने बताउदै टोकियोमा हुने पुस्तक बिमोचन समारोहमा सम्भव हुने सबैलाई उपस्थितिकालागी समेत आग्रह गर्नुभएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु