मेरी कबिता -गृष्मा पौड्याल

          मेरी कबिता 

 

कबिता ए मेरी कबिता रानी 

आइ देउ न सधैं मैले बोलाउदा बनि धेरै ज्ञानी  ।

नमान न झन्झट 

नजाउ मात्तिएर यता उति जानीजानी 

नगर न घरि घरि आफ्नै मात्र मनोमानी ।।

 

कबिता ए मेरी कविता रानी 

आउनु पर्छ नि मैले बोलाउदा 

बनि चट्ट ज्ञानी  ।

बनिदेउ न सधै कबिता 

होइन नि कहिले काहीं कहानी 

नगर न सधै आफ्नो मात्र मनोमानी ।।

 

कबिता ए मेरी कविता रानी 

आउँन त् आउछेउ तर गर्छेउ धेरै मनोमानी  ।

कहिले काहीं त् बनि देउ न उराठ मनहरुकि  सयानी 

यसै गरि कहाँ चल्दछ र तिम्रो मात्र राज रानी  ।।

 

कबिता ए मेरी काबिता रानी      

आइदेउ है जहिले पनि बोलाउदा 

 धेरै मान संमान जानी  ।

आइदेउ है मैले बोलाउदा बनि धेरै ज्ञानी

कबिता ए मेरी कबिता रानी ।।

 

गृष्मा पौड्याल

टोकियो ,जापान ।  



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु