लघुकथा “दाइजो ”-गृष्मा पौड्याल

ससुरा बाजे गाउँमा निकै नाम चलेका  ठुलाठालु भनाउदा थिए । उनका कैयौं कथा, कविता र उपन्यासहरु प्रकाशित प्रकाशित भैसकेका थिए । बाल साहित्यमा त उनको निक्कै ठूलो नाम चलेको थियो  । दुई  चार दर्जन बाल  साहित्य सम्बन्धि  किताबहरु त प्रकाशित भै सकेका थिए ।  महिला हक अधिकारको बारेमा पनि उनी  विभिन्न संघ सस्थां बाट बारम्बार आमन्त्रित भै रहन्थे र खूब राम्रो  भाषण पनि दिन्थे, दाइजोको अन्तको बारेमा राम्रै तारिफ र तालि पनि पाउंथे  । शनिबारको दिन थियो । ससुरा बुवा घाममा बसेर केहि लेखि राख्नुभएको थियो।  बुहारी हातमा चियाको गिलास लिएर आइन र  भुइंमा चिया राख्दै भनिन "बुवा चिया" । बुहारी निस्कनै  आँटेकी थिईन, ससुरा बोले “सुनिता यता  सुनत,   ताम्रो  मुवालाई भनेर एउटा अलि उज्यालो र राम्रो रंगको अलि ठुलो कार्पेट पठाईदिनु  भनेर भनन" । बुहारी एकै छिन अलमल्ल परिन र बोलिन "बुवा अस्ति मात्र मामुले त्यो भित्रको बैठक कोठाको कार्पेट पठाई दिनु भएको फेरी कसरि भन्नु" ।  (बुहारीको माइत ठिकै ठिकै मध्यम बर्गीय परिवारका  बुवाको सानो तिनो सरकारी जागिर दुईवटा भाइहरु सानासानै  ८ र १० कक्षामा पढ्ने । घर को पहिलो तल्ला गलैंचा कारखानालाई  भाडामा दिएर घर गृहस्थी चलाई रहेका थिए। ससुरा बा अल्लि झर्किदै बोले “त्यो भित्रको कार्पेट त बैठक कोठामा चाइहल्यो नि” । अब बाहिरको लागि पाहुनाहरु र साहित्यकार साथीहरु आउँदा ओछ्याएर बस्न परेन ?

बुहारी एकछिन निधाउरो मुन्टो लगाएर बसिराखिन र आफ्नो घरधन्दा मा फर्कियीन । दुइ दिन पछि बुहारीको माइतबाट एउटा राम्रो र ठूलो कार्पेट आइपुग्यो । ससुरा बा तेसैको माथि बसेर साहित्यकार साथीहरुसंग मन्द मन्द मुस्कुराउँदै भाषण दिंदै थिए । बुहारी बाहिर बसेर सुँक्क सुँक्क गर्दै थिइन ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु