Email : info@totalnewssewa.com

उर्जा मन्त्री पुन र उज्यालो नेपालका नायक घिसिङसँग जापाबाशी नेपालीको अन्तरक्रिया

टोकियो, जापान ।  

     समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका बिषयक अन्तर्क्रिया कार्यक्रम टोकियोमा सम्पन्न भएको छ । प्रवासी नेपाली एकता मञ्च जापानको संयोजनमा अन्तरक्रियात्मक कार्यक्रममा भएको थियो ।  

 

      नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन (अन्नत) र नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङले नेपालको उर्जा क्षेत्रको नितिगत र प्राबिधिक उपलब्धीको चर्चा गर्नुभएको थियो ।  

     

        मन्त्री पुनले देशमा समृद्धिको यात्रा शुरु भएको र  समृद्धिले नै नेपाली जनतालाई आत्मनिर्भर बनाउने बताउनुभएको थियो ।   सरकारको पहिलो प्राथमिकता शुशासन, गरिवी निवारण र उद्यमशिलता रहेकोले यि कार्य सफल पार्नकोलागी लगानी महत्वपूर्ण हुने हुँदा लगानिका लागि मन्त्री पुनले जापानबाशि नेपालीहरुमा बिशेष आग्रह गर्नुभएको छ ।पछिल्लो समय बिस्तारै उर्जाको माध्यमबाट देशलाई आत्मनिर्भर बनाउन सफल हुँदै गएको चर्चा गर्दै मन्त्री पुनले खोला झोलामा हालेर हिंड्नेका बिरुद्धको  नियमन कडाइका साथ लागु गर्दै जादा उर्जाले केही बर्ष भित्रैमा बिद्युत उत्पादनको क्षेत्रमा गुणात्मक फड्को मार्नेमा मन्त्रालय बिश्वसत रहेको जानकारी गराउनुभएको थियो ।  

 

  उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङले आफु प्राधिकरणमा आएपछी थुप्रै चुनौतिका बिच लोडसेडिङ अन्त्य  गर्न सफल भएको बताउनुभएको थियो ।प्राधिकरणको कार्यकारी निर्देशक भएपछी पनि केही झमेला खेप्नु परेको स्मरण गर्दै आफुँ कुरा भन्दा काम गर्ने स्वभावले यस क्षेत्रमा सफल भएको बताउनुभएको थियो ।  कार्य क्षेत्रमा खतिएका माथिल्लो देखी तल्लो तह सम्मका कर्मचारिको साथले गर्दा नै लोडसेडिङ अन्त्य गर्दै नाफा उन्मुख हुन सफल भएको तथा आगामी बर्षबाट बिद्युत निर्यातको स्थितिमा पुग्ने बताउनुभएको थियो । 

 

    कार्यक्रममा जापानका लागि नेपाली राजदुत प्रतिभा राणा ,गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्ट, एनआरएनए जापानका अध्यक्ष देबिलान भण्डारी, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले ,प्रवासी नेपाली एकता मञ्चका सिद्धार्थ श्रेष्ठ, नेपाली जनसम्पर्क समितिका सुवाश लोहोनी, जापान स्थित संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै शालिकराम भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो ।  

 

   जापानी विकास नियोग (जाईका) को निमन्त्रणामा मन्त्री पुन र उज्यालो नेपालका नायक घिसिङ ४ दिने भ्रमणका लागि जापान आएको कार्यक्रम संयोजक मोहन पौडेलले जानकारी दिनुभयो ।भ्रमणका क्रममा उँहाहरुले जापानका कृर्षी तथा वन मामिला मन्त्री इटो योशिताका, जापानको लिबरल डेमोक्रेटिक पाटीका महासचिव निकाई तोसिहिरो, जाईकाका उपाध्यक्ष हिरोसी कातो र परराष्ट मन्त्रालयका संग उच्च स्तरीय भेटघाट गरि ऊर्जाकै विषयमा छलफल हुने बताईएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु