Email : info@totalnewssewa.com

मृगौला पिडित विष्णु प्रसाद पौडेललाई जापानबाट आर्थिक सहयोग

टोटलसेवा डेस्क ,१८ असोज
दुबै मृर्गौला पिडित विष्णु प्रसाद पौडेललाई जापानबाट आर्थिक सहयोग प्रदान गरीएको छ। सामाजिक अभियान्ता गोविन्द क्षेत्रीको अगुवाइमा पौडेलको उपचारको लागी जापानदेखी नेपाली रु २ लाख ४२ हजार १० रुपैया संकलन गरेर समाजसेवी केशर गिरीको हातमा हस्तान्तरण गरी नेपाल पठाइएको हो ।
उपचारका लागि आर्थिक रकम हस्तान्तरण गर्दै सामाजिक अभियन्ता गोविन्द क्षेत्रीले सहयोग गर्ने सम्पुर्ण सहयोगदातालाई धन्यवाद दिनुभएको छ । साथै अभियन्ता क्षेत्रीले यस अघि पनि आफ्नै अगुवाईमा क्यान्सर पिडित मुना खनाल खत्री बचाउ अभियानमा २ लाख २ हजार ३ सय ३३ रुपैया, मृर्गौला पिडित मोहन थापा बचाउमा ४ लाख ७१ हजार ९ सय ९९ सय रुपैया, मृगौला पिडित नरबहादुर बचाउ अभियानमा १ लाख १८ हजार रुपैया,भृकुटि माविको प्लस टु स्थापना अभियानमा १२ लाख ४५ हजार १ सय ७६ रुपैया सहयोग प्रदान गरेको जानकारी दिदै निरन्तर रुपमा आफु सामाजिक कार्यमा नै लागीरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु