टोकियोमा लगातार तेश्रो दिनसम्म दैनिक दुई सय बढीमा कोरोना संक्रमण ,शनिबार २०६ जना संक्रमित

टोकियो जापान ।  

राजाधानी टोकियोमा कोरोना भाईरस संक्रमितको संख्या लगातार तीन दिन यता  दुई सय भन्दा बढीमा पुष्टी भएको छ ।  शनिबार  मध्यान्न सम्ममा २ सय ६ जनामा संक्रमण पुष्टी भएको क्योदो न्युजले खबर प्रकाशन गरेको छ । हिजो शुक्रबार २ सय ४३ र अस्ती बिहीवार २ सय२४ जनामा संक्रमण पुष्टी भएको थियो । 

 

टोकियोमा अहिले सम्म संकलित संख्या ७ हजार ७ सय २१ पुगेको छ भने ६ हजार ९४ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् त्यस्तै ३ सय २५  जनाको मृत्यु भइसकेको छ । टोकियोमा मे महिनाको अन्तिम सातातिर संक्रमणदरमा केही कमी देखिएपनी केहीदिन यता दैनिक संक्रमित बढीरहदा संक्रमण दोश्रो चरणमा प्रबेश गरेको सहजै भन्न सकिने अवस्था रहेको छ ।

 

 जापानभर २० हजार भन्दा बढीमा संक्रमण  फैलिएको तथा  एक हजार जना जतिले कोरोनाकै कारण मृत्‍युवरण गरिसकेका छन ।  



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु