टोकियोमा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै,शुक्रबार अहिले सम्मकै उच्च २९३ जनामा संक्रमण पुष्टी

टोकियो जापान ।  

टोकियोमा कोरोना भाईरसको फैलावट दोश्रो चरणमा प्रबेश गरेको छ ।  हरेक दिन नयाँ रेकर्ड कायम गर्दै जाँदा जोखिम पनी बढीरहेको छ ।  आज शुक्रबार टोकियोमा २ सय ९३ जनामा संक्रमण पुष्टी भएको एनएचके अनलाइनले खबर प्रकाशन गरेको छ । हिजो बिहीवार २ सय ८६ र जनामा संक्रमण पुष्टी भएको थियो । 

 

टोकियोमा अहिले सम्म संकलित संख्या ८ हजार ९ सय ३३ पुगेको छ भने ६ हजार ७ सय ७१ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३ सय २६ जनाको मृत्यु भइसकेको छ ।मे महिनाको अन्तिम सातातिर संक्रमणदरमा केही कमी देखिएपनी केहीदिन यता दैनिक संक्रमित बढ्दै जाँदा टोकियोलाई कोरोना भाईरस संक्रमणको उच्च जोखिमको  चौथो लेवल घोषणा गरिएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु