टोकियोमा बिहीवार कोरोना संक्रमितको संख्या अहिले सम्मकै अधिक , ३ सय ६६ जनामा संक्रमण पुष्टी

टोकियो, जापान ।  

राजाधानी टोकियोमा कोरोना भाईरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरिरहेको छ । जुलाई २३ तारिख बिहीवार टोकियोमा तीन सय बढीमा कोरोना पोजेटिभ देखिएको टोकियो महानगर सरकारले जनाएको छ । आज मध्यान्न सम्ममा ३ सय ६६ जनामा संक्रमण पुष्टी भएको एनएचके अनलाइनले खबर प्रकाशन गरेको छ । यो संख्या अहिले सम्मको सबैभन्दा अधिक संख्या हो । 

जापानमा आजबाट चार दिनसम्म लगातार बिदा रहेकोले सकेसम्म बाहिर जानबाट रोक्ने र संक्रमित नहुनेमा आधारित कार्य गर्नुहुन सबैमा महानगर सरकारले अनुरोध गरेको छ ।  

 

टोकियोमा अहिले सम्म संकलित संख्या १० हजार ४ सय २० पुगेको छ भने ७ हजार ७ सय ६७ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् त्यस्तै ३ सय २७ जनाको मृत्यु भइसकेको छ । टोकियोमा मे महिनाको अन्तिम सातातिर संक्रमणदरमा केही कमी देखिएपनी जुन महिनाबाट क्रमिक रुपमा दैनिक संक्रमितको संख्या बढीरहेको  छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु