टोकियोमा शुक्रबार कोरोना संक्रमितको संख्याले पहिलो पटक ४ सय पार गर्‍यो ,४ सय ६३ जनामा संक्रमण पुष्टी

टोकियो जापान ।  

राजाधानी टोकियोमा कोरोना भाईरस संक्रमितको संख्याले हरेकदिन नयाँ रेकर्ड कायम गरिरहेको छ ।  शुक्रबार     टोकियोमा चार सय बढीमा कोरोना पोजेटिभ देखिएको टोकियो महानगर सरकारले जनाएको छ । आज मध्यान्न २ बाजेसम्ममा अहिले सम्मकै  अधिक ४ सय ६३ जनामा संक्रमण पुष्टी भएको एनएचके अनलाइनले खबर प्रकाशन गरेको छ । एकैदिन चार सय भन्दा बढीमा संक्रमण पुष्टी भएको आज पहिलो पटक हो ।  

हिजो जुलाई ३० मा ३ सय ६७ पुगेर अधिक संख्या कायम भएकोमा आज बढेर यो संख्याले नयाँ रेकर्ड् राखेको छ ।  तीन सय भन्दा बढी संख्या पुष्टी भएको जुलाई २३ र ३० गरी दुई दिन तथा चार सय नाघेको आज पहिलो पटक हो ।  

टोकियोमा अहिले सम्म संकलित संख्या १२ हजार ६ सय ९१ पुगेको छ भने हिजो सम्ममा ९ हजार ४ सय ३८ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् त्यस्तै ३ सय ३० जनाको मृत्यु भइसकेको छ । टोकियोमा मे महिनाको अन्तिम सातातिर संक्रमणदरमा केही कमी देखिएपनी जुन महिनाबाट क्रमिक रुपमा दैनिक संक्रमितको संख्या बढीरहेको  छ । 

 

हिजो सम्ममा जापानभर ३४ हजार ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा २४ हजार १ सय ७९ जना डिस्चार्ज भैसकेका छन भने संक्रमित मध्य १ हजार ७ जनाको मृत्‍यु भएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु