बाग्लुङ समाज जापानको तेस्रो अधिवेशन अक्टूबर ४ मा

बाग्लुङ समाज जापानको तेस्रो अधिवेशन अक्टूबर ४ मा हुने भएको छ । यसअघि बाग्लुङ समाज जापानको अधिवेशन मे २ देखी ४ तारिखसम्म मेगुरो कुमिन सेन्टरमा गर्ने तय भएता पनि कोरोना भाईरसको महामारीको कारण स्थगित भएको थियो अब भने अक्टूबर ४ तारिख सिनओकुबो सोलमारी हलमा गरिने फिक्स भएको छ । उक्त अक्टूबर ४ तारिखको दिन बिहान १०:०० बजे बाट १३:०० बजे सम्म उदघाटन तथा बन्दसत्र हुने छ भने १५:०० बजेबाट खुल्ला घोषणा सभा गरिने जानकारी संस्थाका सचिब राजु केसीले जानकारी दिनु भयो । अधिवेशनमा सम्पूर्ण जापानबासी बाग्लुङेहरूलाई सहभागी भैईदिनु हुनका लागी अध्यक्ष सिद्धार्थ श्रेष्ठले अनुरोध गर्नु भएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु