अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजमा एकराज गिरीको नेतृत्वमा जापानबाट उपाध्यक्षमा बेलुकाजी थापा र कोषाध्यक्षमा सिद्धार्थ श्रेष्ठ चयन ।

टोटलन्युज सेवा डेस्क, नेपालमा सबै भन्दा बढी रेमिट्यान्स भित्रिने जिल्ला बागलुङेहरुको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको प्रथम अधिवेशनबाट एकराज गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्षहरुमा बेलुकाजी थापा (जापान) रमेश भट्ट (क़तार), कृष्ण शर्मा (युके) दिपक गौतम (क्यानडा), सुमन बिष्ट (अष्ट्रेलिया) निर्वाचित भएका छन । यस्तै महासचिबमा देब पौडेल (बेल्जियम) सचिबहरुमा अशोक शर्मा (डेनमार्क), प्रेम सागर पौडेल (कोरिया) दीपेन्द्र आचार्य (पोर्तुगल)चयन भए । कोषाध्यक्षमा सिद्धार्थ श्रेष्ठ (जापान) र सह-कोषाध्यक्षमा महेशकुमार खाती (डेनमार्क) निर्विरोध निर्वाचित भएका छन। त्यस्तै महादेशिय संयोजकहरुमा क्रमस अमेरिका नवराज पन्त (अमेरिका), युरोप महेन्द्र खड्का (डेनमार्क), एसिया बिष्णु चापागाई (मलेशिया) चयन भएका छन् । सदस्यहरुमा चन्द्रकान्त शर्मा, सन्तोष शर्मा, सज्जन हमाल, बमबहादुर जि.सी, ज्ञानु शर्मा, कर्ण बुढाथोकी, गमबहादुर बि.क र बिदुर गौतम चयन भए । सबै देशमा रहेका बागलुङ समाजका अध्यक्ष तथा संयोजकहरु सदस्य रहने छन् । निर्वाचित नयाँ कार्यसमितिको घोषणा निर्वाचन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष होमनाथ शर्माले गरेका थिए । संस्थामा रहेर काम गर्न चाहाने साथीहरु सबैलाई समेटेर अघि बढिने र बागलुङको हितमा काम गर्ने नवनिर्वाचित अध्यक्ष गिरीले प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु