Email : info@totalnewssewa.com

भीख मागेरनै ५५ लाख जम्मा गरिन यी महिलाले त्यो पनि अनलाईनमार्फत

असार १०- मानिसहरुले भीख माग्ने गरेको त तपाई हामीले देखीनै रहेको कुरा हो । भीख मागेरमा मानिसहरुले कति सम्म कमाउन सक्ला ? एक जना युरोपेली महिलाले भीख मागेरनै ५५ लाख ६९ हजार जम्मा गरेकी छिन ।

 

त्यो भन्दा पनि अनौठो त ति महिलाले अनलाइनमार्फत भीख मागेर सो रकम जम्मा गरेकी रहेछिन । जुन कुरा सहयोगका लागि भन्दा पनि गलत नियत राखेर कमाएको रहेछन् । उक्त सत्य थाहा पाएपछि उनलाई संयुक्त अरब इमिरेट्स प्रहरीले दुबईमा पक्राउ गरेको छ ।

 

श्रीमान्ले छोडेका कारण बच्चाको लालनपालनको जिम्मा आफ्नो काँधमा रहेको जनाउँदै ती महिला सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा फोटो पोस्ट गरेर पैसा मागेकी थिईन् । फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा अनेकन एकाउन्ट खोलेर बच्चाको फोटो देखाउँदै ती महिलाले भीख माग्ने गरेकी थिइन ।

 

सो बारेमा थाहा पाएपछि उनका श्रीमानले प्रहरीमा उजुरी गरेका थिए । बास्तवमा बच्चा श्रीमानको साथमा रहेको थियो । महिलाले सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको भन्ने उजुरीको आधारमा महिलालाई पक्राउ गरेको हो ।



प्रतिक्रियाहरु