Email : info@totalnewssewa.com

पत्याउनै गार्‍हो हुन्छ है मान्छेको टाउकोमा सिङ पलायो भन्दा !

असोज १४- हामी सोच्छौकी टाउकोमा सिङ भन्ने बित्तिकै जनावरको आउछ । हाम्रो घरमा पाल्ने भैसी, बाख्रा जंगलमा पाईने अर्ना, जरायो लगाएतमा सिङ आएको हुन्छ । अनि मानिसहरुमा भने बिभिन्न मनोरञ्जनात्मक फिल्म तथा टिभि सिरियलमा देखेका हुन्छौ । तर हाम्रै छिमेकी देश भारतमा भने कुनै फिल्ममा जस्तै एक ब्यक्तिको टाउकोमा सिङ पलाएको छ ।

जुन कुरा एकदमै अचम्मीत पनि छ । भारतको मध्यप्रदेशको सागर जिल्लामा पर्ने रहली गाउँका श्यामलाल यादवको टाउकोमा एउटा सिङ पलाएको छ । सिङलाई केहि दिन अगाडि शल्यक्रिया गरी निकाल्नका समेत चिकित्सकहरु सफल भएका छन् । ७४ वर्षीय यादवको टाउकोमा केही वर्षअघि चोट लागेसँगै एउटा सिङ पलाएर बढिरहेको थियो । चिकित्साको भाषामा टाउकोमा सिङ पलाएको समस्यालाई सेबासियस हर्न भनिन्छ । जुन दुर्लभ रोग मानिन्छ ।

खासमा उनको सिङ सानै देखि पलाउदै आएको थियो । पटक पटक सिङ काट्दै आएको यादव बताउछन् । अस्पतालमा चिकित्सकहरुलाई देखाएर शल्यक्रिया गर्नको लागी धेरै रकम लाग्ने भएकोले उनले आश मारेको यादवको भनाई छ । एजेन्सी



प्रतिक्रियाहरु