दुनियाँकै महँगो गँगटो

मंसिर  १०- दुनियामा मानिसहरुले आफ्नो शोखको लागी बिभिन्न सस्तो बस्तुहरु पनि बढि मुल्यमा किन्ने गरेको तपाई हामीले सुनिरहेकै कुरा हो । पछिल्लो समय जापानमा पनि यस्तै एक घटना भएको छ ।

 

जो सुन्दा केहि अनौठो छ । जापानको पश्चिमीक्षेत्र टोट्टरीमा भएको लिलामीका क्रममा एक ब्यक्तिले मामुली गँगटाका लागि समेत लाखौं रकम खर्च गरेका छन् ।

 

हिउँमा पाइने उक्त क्रस्टेशियन जातको गँगटो ५० लाख येनभन्दा  धेरै मूल्यमा लिलाम भएको छ । जापानमा चिसो मौसम सुरु भएसँगै सामुद्रिक खानेकुराहरूको लिलामीका विभिन्न कार्यक्रमहरू हुने गर्दछन् ।

 

सोहि क्रममा त्याहाँ बिभिन्न माछाहरु लगाएत बिक्रिमा हुने गर्छ । तर यस वर्ष भने सो गंगटा आकर्षक बन्न पुगेको छ । १२ सय ग्राम रहेको तौल रहेको गंगटाको लम्बाइ साढे १४ सेन्टिमिटर रहेको छ ।



प्रतिक्रियाहरु