अनौठो दुनिया, जहाँ मुसा मार्नके लागी करीब साडे २ करोड खर्च

पुस ८- दुनियामा मान्छेहरुले आफ्नो दुश्मनलाई खत्तम गर्न धेरै पैसाको खोलो बगाएको सुन्नमा आईरहेको हुन्छ ।

 

दुनियामा यस्तो स्थान पनि छ । जहाँ मुसा मार्नको लागी अढाई करोड खर्च भएको छ । हाम्रै छिमकी मुलुक भारतमा यस्तै भएको छ जहाँ मुसा मार्नको लागी लागि १ करोड ५२ लाख भारु खर्च गरेको छ । भारतको रेलवे विभागले झण्डै साढे ५ हजार मुसा मार्नका लागि सो रकम खर्च गरेको छ ।

 

वास्तवमा भारतीय रेलवेलाई मुसाको बढ्दो संख्या घटाउनको लागी पैसाको खोलो नै बगाएको छ । बिभिन्न समाचारका अनुसार पछिल्लो ३ वर्षमा मुसा नियन्त्रणका लागि १ करोड ५२ लाख भारु रेलवेले खर्च गरेको हो ।अझ अनौठो त के छ भने नेपाली झण्डै अढाई करोड रुपैयाँ खर्च हुँदा समेत रेलवे विभाग अझै मुसाको अतंकबाट मुक्त हुन सकेको छैन ।

 

जाकारी अनुसार १ करोड ५२ लाख ४१ हजार ६८९ भारु खर्च गर्दा तीन वर्षमा जम्मा ५ हजार ४ सय ५७ वटा मात्र मुसा मारिएको छ ।मुसाले रेलभित्र यात्रुहरुका सामान काटिदिने, रेलमा राखिएका खानेकुरा खाइदिने र अन्य सामानहरु समेत काटेर बिगारिदिने समस्या बढिरहेको छ ।

 

यतिमात्र होइन रेल सञ्जालका तारहरु मुसाले काटिदिएर रेलवे सेवा नै प्रभावित हुने र रेलको लिकमुनि मुसाले भ्वाङ पार्दा लिक नै धसिने गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् । मुसाहरु मार्नका लागि भारतीय रेलवेले ठेकेदार नियुक्त गर्दछ ।



प्रतिक्रियाहरु