Email : info@totalnewssewa.com

जापान मा चुनौती मात्र होईंन अवसर पनी छ।

जापान मा अध्यन गरी आफ़नो लक्ष्य पूरा गरने सोच का साथ जब जापान आऊने तयारी गरियो अनी जतीजती जापन आऊने दिन नजिक आऊदैथियो तब-तब नया ठाऊ कस्तो होला केहोला भन्ने कुरा हरू मनमा खुलदूली हुनू स्वाभाविक थियो! त्यही कौतुहलता का साथ जापान प्रस्थान गरियो! जब जापान आए अनी म यहाँ को विकाश,जापानिज हरु को अनुशासन अनी मिहेनत गरने बानी देखेर म अचम्म परेको थीए!यहाँ आइसकेपछी पनी साथी हरूले नेपाल हुदा भनेका कुरा हरू समझिने गरथे भाषाको समस्या काम को समस्या लगाएतका चुनौती हरू सामना गरनू परछ भनेर तर पनी आफ़नो भविष्य उज्जवल पारने सपना देखेर आएको म अध्यन सगैं एउटा काम पनी सुरुगरे जब हामी साथी हरु काम का लागी एउटा कम्पनी मा पुग्यौ त्यहा एकजना नेपाली दाईं कार्यरत हुनूहुदो रहेछ! हामी सूरवात मा भाषा को समस्या ले चिन्तित थियौ तर उहालाई देखेर हामी अली धैर्य भयौ! उहाले आफ़नो परिचय दीदै भन्नू भो-म प्रेम दाहाल घर पोखरा यस कम्पनी माँ अनुवादक को रुपमॉ विगत केही वर्ष देखी कार्यरत छू! उहाले यसरि आफ़नो परिचय सगै कम्पनीका नियम बारे नम्रता पूर्वक बताउँनू भयो!अनी हामी नियम हरूको जानकारी लीए सगै आफ़नो अफ़नो ड्रेस लगाएर काम सुरु गरियो! जब त्यहा हामी पुग्यौ तब हामी अचम्मित पर्यौ “एउटा नेपाली जापान जस्तो विकसित देसमा अनुवादक भएर ४०-५०जना नेपाली लगायात भियतनामी जापानीज लगायतका क़रीब २००जना जती कामदार हरूलाई काम सिकाई रहनु भएको थियो! उहाको त्यो सिप,क्षमता र उहामा भएको नम्र स्वभाव बाट हामी अति नै प्रभावित भयौ! अनी हामिलाइ लाग्यो एउटा नेपाली ले पनी रामरो मिहेनत र परिश्रम गरेमा अवश्य सफल भइदो रहेछ यस कुरा ले उहाँ हामरो अनुबादक मात्र होईंन प्रेरणाको स्रोत पनी बन्नू भो।मेरो मन मा धेरै कौतुहलता छाऊन थालयो प्रेम दाहाल(अनुवादक) कसरी यो स्थान मा पुग्नू भो होला? यो स्थान सम्म आइपुग्न कती संघर्ष गरनू भो होला यास्तै कुरा हरू मनमॉ खेलाऊँदै बसी रहेको थीए त्यतीकै मा राती को १बजे हाम्रोकाम को ब्रेक भयो अनी हामी सबै साथी हरू खाजा खान गयौ! संयोग ले प्रेम दाहाल(अनुवादक)दाईं र म एकै ठाऊ मा परियो अनी यही मौक़ा पारेर मैले उहालाई सोधे दाईं हज़ूर आज यो स्थान मा पुग्नू भएको छः क़रीब २००जना बिभिन्न देशका कर्मचारिलाइ निर्देशन दीएर बस्नू भएको छः तपाई को शफलता बाट म निकै नै प्रभावित भए यो स्थान सम्म आइपुग्दा को अनुभव अलिकती सुन्न पाइन्छ की? मैले खुलदूल हुदै सोधे! अनी उहाले भन्नू भयो-बाबू हामी अध्यन को शिलाशिला क़रीब ७वर्ष अगाडी आऊदा नतभाषा को ज्ञान थियो न त कोही संग चीनजान नै” काम को नी धेरै अभाव भो काम नापाएर कती दिन त चाउचाऊ को झोल खाएर बिताइयो अनी कती रात भोकै बिताए उहाले आफ़ना कहानी सुनाउदा बिगत का पीड़ा ले उहाँको आखा रसाइ सकेको थियो! अनी भन्नू भो सगैं आएका साथीहरू कती त पढ़न छाडेर नेपाल गए तर म भने जती पीडा परे पनी विद्यार्थी जीवन संघर्षपूर्ण रुपम्मा बिताऊँदै पढ़ाई लाई पनी निरन्तरता दीए र त्यही संघर्षपूर्ण जीवन पार गर्दै आज यो स्थान मा आइपुगेको छू! दुख भीत्र सुख लूकेको हुन्छ भन्थे हो रहेछ भाई”!उहाले भन्नू भयो! कहानी सुनाउदासुनाउदै दाईं को आखा त रसाउन पो लागिसकेछ म पनी उहाको जीवनको भोगाइ सुनेर नीकै प्रभावित भए! हुन पनी पीपल को रूख जसरी संघर्ष ले हुरकीन्छ अनी त्यसरी नै त्यो आफु पनी लामो समय सम्म बाच्छ र अरुलाइ पनी बचाऊँछ’! त्यसरी नै प्रेम दाहाल पनी धेरै संघर्ष बाट यो सफल स्थान मा आइपुग्नू भो र आज उहाँ पनी सफल हुनूहुन्छ र अन्य धेरै नेपाली हरुलाई पनी सफल बनाउने प्रयास मा आज काम को खोजी मा रहेका लाई काम लगाइदीन देखी बिभिन्न समस्याको बेला सहयोग समेत गरनू भएको छ। उहाको यो शफलता लाई देखेर म धेरै प्रभावित भए उहाँ मेरो अनुबादक मात्र नभएर प्रेरणा को स्रोत नी हो। त्यसैले हामी दुःख बाट कहिले पनी हार नमॉनौ अनी निरन्तर संघर्ष गरे एक दिन अवश्य शफल बनिन्छ भन्ने उदाहरण हनून्छ “प्रेम दाहाल!! एतीकै मा उहाको कहानी सुन्दा सुन्दै १घण्टा को ब्रेक नी कती छीटो सकीएछ पत्ता नै भएन अनी फेरि हामी काम तीर लाग्यौ!! लेखक-कृष्ण भुसाल मध्याबिन्दू १५नवलपुर हाल-कुमामोतो,जापान



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु