Email : info@totalnewssewa.com

पैसा र म

पैसा र म 
I
बिष्णु गौडेल
फलेवास पर्वत
हाल टोकियो जापान
      पैसा भन्ने बित्तिकै सबैलाई आवश्यक पर्ने बस्तु भन्ने बुझिन्छ । हो यो पैसा कती प्यारो छ है सबैलाई ।  न बालबच्चा न बयस्क न  बुढाबुडी सबैलाई पैसा प्यारो लाग्छ ।  नलागोस पनि कसरी! पैसाले सबै चीज बस्तुहरु किन्न सकिने मन लागेको कुरा लाउन खान र हरेक कुरा गर्न सकिने यती मात्रा होइन तपाईं हाम्रो मनले देखे सोचेको कुरा सबै पुरा गर्न सकिने ।  अनी ’म’ यि सबै चिजहरु प्राप्त गर्न सकिने पैसा बाट  कसरी टाढा  हुन सक्छु र ?
म मध्यम परिवारको एक ब्यक्ती सानो  छँदा दसैं आउँदा टिका लगायर बुवा आमा मामा माइजु हरुले पैसा दिदा खुबै  खुशी हून्थे ।  किनकी पैसा भयपछी पसलमा गयर चक्लेट बिस्कुट किनेर मुख मिठो बनाएर खान पाइन्थ्यो बुवा आमाले टिका लगाउदै गर्दा दिनु भयका ति आशिस ठुलो भयस मान्य गुन्ने भयस् ज्ञानी भयस बुढेस कालमा हाम्रो साहारा   बनेस्  यि सबै चिज मैले सुन्ने थिईन  केवल मैले हेर्ने गर्थे बुवा आमाले खल्तिमा हात हालेर कती बेला पैसा दिनुहुन्छ भनेर जव पैसा पाउथे दकुर्दै साथी भाई सँग पुग्थे र ललि पप किनेर जिब्रो लप्रक लप्रक पारेर खान्थे कती रमाइला थिय ति रमाइला दिन र क्षणहरु !
       मलाई  आमाले खुबै माया गर्नु हुन्थ्यो बुवाले पनि मेरा सबै चाहना हरु पुरा गर्नु हुन्थ्यो सकी नसकी ।  मन मेरो कुद्याउने कुरै थियन म कती प्यारो थिय साथी भाईको पनि आफन्त हरुको पनि सबैको विश्वाशको पात्र थिए सबैले भन्ने गर्थे यो ठुलो भयसी राम्रो गर्छ बुवा अामा ईस्टमित्र दाजु भाई अनी समाजको लागि किनकी म घरको जेठो छोरो पनि थिए ।  
   जब  म ठुलो हुँदै गय मेरो अध्ययन पनि अाइए लेबल सकियो म मा अव पैसा कमाउने सपना आउन थाल्यो त्यो सपना कसरी साकार पार्ने त भन्दै मेरो मन तरङित् हुँदै दिमाख मा बिदेश शब्द ले डेरा जमाउन सफल भयो । त्यसै अनुरुप बैदेशिक रोजगारीका लागि धेरै ठाउमा कोशीस गरे तर  असफलता मात्रा हात लागि रहयो । बैदेशिक  रोजगारिमा जाने भन्दै भौतारिदै गर्दा अर्को तर्फ मैले अध्ययन लाई पनि सँगै   लगेको थिए  र त मास्तर डिग्री हात पार्न सफल भए भने उता बिदेश अध्ययन को लागि जापानको भिसा पनि निस्कियको खबर पाय ! एक हातमा दुई लद्डु भनेको यही होला शायद खुशीको सिमानै रहेन । साचेको थिय पैसा कमायर बुवा आमाको सपना पुरा गर्छु दाजुभाइलाई म्यानेज्मेन्ट गर्छु आ स्टमित्र को आशा भरोसा अनी समाजको लागि केही  ऊदाहरणिय काम गर्छु भन्ने मेरो रहर पुरा हुँदै छ !
     अन्तहत: म बैदेशिक यात्राको क्रममा जापान अाइपुगे तर मेरा सोच र चाहनामा जती सहजता थियो त्यती सहजता  पक्कै रहेनछ संघर्षको मैदान जटिल रहेछ ।  तर  पनि संघर्ष गर्दै गए ।  बिस्तारै बिस्तारै  पैसा पनि कमाउदै मेरो अध्ययन लाई अगाडि बडाउदै गए ।पैसा जती नजिक हुन्थ्यो मलाई त्यती मज्जा आउथ्यो ।  अनि म पनि पैसालाई माया गर्थे ।  अचम्मको साईनो बस्दै गयो पैसा र म मा अब हामी छुट्टिनै नसकिने जस्ता भयौ ।  रोमियो र जुलियतको माया प्रेमभन्दा पनि बढी पैसा र मेरो मित्रता र सम्बन्ध गाडा  हुँदै गयो ।  
         
            हो न  आज  मलाई  पैसाले छोड्न  चाहन्छ  न त म पैसालाई नै ।  प्रदेश आएको  धेरै बर्ष  हुँदा पनि  चाड पर्ब मा  घर नफर्केको  कारण नै पैसा कमाउनु  भयो ।अब  मलाई   सानो छदाको दशैँ कुर्नु  पर्दैन पैसा को  लागि ।म सँग पैसा  प्रशस्तै  भएकोले   चाड पर्ब  मा  घर  फर्किनु आवश्यक  छैन   । बुवा आमाले  सँधै  भन्ने गर्नुहुन्छ  यसपालि  त  आउछस नि दशैँमा टिका  लगाउन  भनेर ।  तर मैले  यसपालि  आउन  पाइन  अर्को साल आउछु  भन्दै  गएको  पनि  १२  बर्ष   पुगिसकेछ ।   म फर्केर  गैन । म फर्केर घर जाने  हो भने  मेरो  प्यारो साथी पैसालाई  गुमाउनु पर्ने  हून्छ ।त्यसैले म मेरो प्यारो  साथी पैसालाई  गुमाउन चाहन्न ।मेरो लागि  त्यो टिको अनी ति बुवा आमाको  आशिर्बाद  भन्दा  ठुलो पैसा छ ।  मलाई  उनिहरुको रोदन सित कुनै  सम्बन्ध  छैन,केबल  छ त  पैसा सँग ।     
          
     अब  रहयो  भाई बहिनी हरुको कुरो ।  आशा भरोसा  हुन्छ जेठो दाइबाट ।  तर पैसा कमाउदै  जाँदा  मेरो  उनिहरुलाई  म्यानेज्मेन्ट  गर्ने जुन  सपना थियो  फेरिदै  गयोँ ।मेरो कमाइले उनिहरुको लागि गर्दै जाने हो भने  मेरो पैसा सकिदै जान्छ  बरु  भाई बहिनी लाई नै गुमाइदिन्छु ,पैसा गुमाउन चाहन्न  भन्ने    सोच को बिकास हुँदै  जाँदा   भाई बहिनी पनि टाढा छन म बाट आज ।
       ईस्टमित्र को लागि म आशाको केन्द्र  ।  सहयोग  नमाग्ने  कुरै भएन।  कुरा काट्न त सक्दिन बाहिर  त्यसैले म सहयोग गर्छु  भन्दै विश्वाश दिलाउदै जान्थे र जब अप्ठेरो परेर सहयोगको हात  थाप्थेँ नि उनिहरुलाई मैले  बिभिन्न वहाँनामा सहयोग  को उनिहरुको अपेक्षा लाइ  टारिदिन्थे ।  त्यसैले  ईस्टमित्र  पनि  आजभोलि  मसँग  टाडिदै गएका छन  ।                           
           जब म पैसा  को पछी दौडिदै  गए तब  मसँग   पैसा   मात्र  बढ्दै  गयो  ।  तर  मेरो लुवाइ खुवाइ  र बसाइ मा कुनै परिवर्तन आएन ।  किनकि लुवाइ खुवाइ  र बसाइ मा परिवर्तन   गर्दा मैले अझ बढी पैसा   कमाउन सकिन्न भन्ने  सोच छ म मा ।  त्यसैले  पैसासँगै  बदलिनुपर्ने स्ट्यान्डर्ड लाईफ स्टाईल पनि   टाडिदै गयो   मसँग  ।  
            जब मसँग    पैसाको सामिप्यता बढ्दै  गयो मेरो  इज्जत घट्दै गयो ।  म प्रतिको बुवा आमाको  भरोसा टुट्दै गयो साथीभाइसँग सम्बन्ध छुटेर गयो,भाइ बहिनी प्रतिको  मेरो माया र  जिम्मेवारि घट्दै  गयो ईस्टमित्रले म प्रति गरेको  विश्वाश टुट्दै गयो, म प्रतिको  समाजको दृष्‍टिकोण  नकरात्मक  हुँदै गयो ।          
          उफ्फ् आज म मा  एकाएक पश्चात्ताप पैदा भएको छ ।  पैसा को लागि मात्र दौडिदा  बुवा आमा ,दाजुभाइ ,ईस्टमित्र  साथिसंगी समाज  सबै गुमाए ।  चाहेर पनि यि सबै कुराहरुलाई  मैले समायोजन गर्न  सकिरहेको  छैन  । हे! भगवान  सक्छौ  भने अब  मलाई  पैसा को बदलामा  मैले गुमाएका बुवा आमा ,दाजुभाइ  ,स्टमित्र ,साथिसंगी  समाज   सँगै रम्न सक्ने  बातावरण  तयार पारिदेउ ।म  जस्तोसुकै  त्याग  गर।
बिष्णु गौडेल
फलेवास पर्वत
हाल टोकियो जापान
      पैसा भन्ने बित्तिकै सबैलाई आवश्यक पर्ने बस्तु भन्ने बुझिन्छ । हो यो पैसा कती प्यारो छ है सबैलाई ।  न बालबच्चा न बयस्क न  बुढाबुडी सबैलाई पैसा प्यारो लाग्छ ।  नलागोस पनि कसरी! पैसाले सबै चीज बस्तुहरु किन्न सकिने मन लागेको कुरा लाउन खान र हरेक कुरा गर्न सकिने यती मात्रा होइन तपाईं हाम्रो मनले देखे सोचेको कुरा सबै पुरा गर्न सकिने ।  अनी ’म’ यि सबै चिजहरु प्राप्त गर्न सकिने पैसा बाट  कसरी टाढा  हुन सक्छु र ?
 
म मध्यम परिवारको एक ब्यक्ती सानो  छँदा दसैं आउँदा टिका लगायर बुवा आमा मामा माइजु हरुले पैसा दिदा खुबै  खुशी हून्थे ।  किनकी पैसा भयपछी पसलमा गयर चक्लेट बिस्कुट किनेर मुख मिठो बनाएर खान पाइन्थ्यो बुवा आमाले टिका लगाउदै गर्दा दिनु भयका ति आशिस ठुलो भयस मान्य गुन्ने भयस् ज्ञानी भयस बुढेस कालमा हाम्रो साहारा   बनेस्  यि सबै चिज मैले सुन्ने थिईन  केवल मैले हेर्ने गर्थे बुवा आमाले खल्तिमा हात हालेर कती बेला पैसा दिनुहुन्छ भनेर जव पैसा पाउथे दकुर्दै साथी भाई सँग पुग्थे र ललि पप किनेर जिब्रो लप्रक लप्रक पारेर खान्थे कती रमाइला थिय ति रमाइला दिन र क्षणहरु !
 
       मलाई  आमाले खुबै माया गर्नु हुन्थ्यो बुवाले पनि मेरा सबै चाहना हरु पुरा गर्नु हुन्थ्यो सकी नसकी ।  मन मेरो कुद्याउने कुरै थियन म कती प्यारो थिय साथी भाईको पनि आफन्त हरुको पनि सबैको विश्वाशको पात्र थिए सबैले भन्ने गर्थे यो ठुलो भयसी राम्रो गर्छ बुवा अामा ईस्टमित्र दाजु भाई अनी समाजको लागि किनकी म घरको जेठो छोरो पनि थिए ।  
   जब  म ठुलो हुँदै गय मेरो अध्ययन पनि अाइए लेबल सकियो म मा अव पैसा कमाउने सपना आउन थाल्यो त्यो सपना कसरी साकार पार्ने त भन्दै मेरो मन तरङित् हुँदै दिमाख मा बिदेश शब्द ले डेरा जमाउन सफल भयो । त्यसै अनुरुप बैदेशिक रोजगारीका लागि धेरै ठाउमा कोशीस गरे तर  असफलता मात्रा हात लागि रहयो । बैदेशिक  रोजगारिमा जाने भन्दै भौतारिदै गर्दा अर्को तर्फ मैले अध्ययन लाई पनि सँगै   लगेको थिए  र त मास्तर डिग्री हात पार्न सफल भए भने उता बिदेश अध्ययन को लागि जापानको भिसा पनि निस्कियको खबर पाय ! एक हातमा दुई लद्डु भनेको यही होला शायद खुशीको सिमानै रहेन । साचेको थिय पैसा कमायर बुवा आमाको सपना पुरा गर्छु दाजुभाइलाई म्यानेज्मेन्ट गर्छु ईस्टमित्र को आशा भरोसा अनी समाजको लागि केही  ऊदाहरणिय काम गर्छु भन्ने मेरो रहर पुरा हुँदै छ !
 
     अन्तहत: म बैदेशिक यात्राको क्रममा जापान अाइपुगे तर मेरा सोच र चाहनामा जती सहजता थियो त्यती सहजता  पक्कै रहेनछ संघर्षको मैदान जटिल रहेछ ।  तर  पनि संघर्ष गर्दै गए ।  बिस्तारै बिस्तारै  पैसा पनि कमाउदै मेरो अध्ययन लाई अगाडि बडाउदै गए ।पैसा जती नजिक हुन्थ्यो मलाई त्यती मज्जा आउथ्यो ।  अनि म पनि पैसालाई माया गर्थे ।  अचम्मको साईनो बस्दै गयो पैसा र म मा अब हामी छुट्टिनै नसकिने जस्ता भयौ ।  रोमियो र जुलियतको माया प्रेमभन्दा पनि बढी पैसा र मेरो मित्रता र सम्बन्ध गाडा  हुँदै गयो ।  
         
            हो न  आज  मलाई  पैसाले छोड्न  चाहन्छ  न त म पैसालाई नै ।  प्रदेश आएको  धेरै बर्ष  हुँदा पनि  चाड पर्ब मा  घर नफर्केको  कारण नै पैसा कमाउनु  भयो ।अब  मलाई   सानो छदाको दशैँ कुर्नु  पर्दैन पैसा को  लागि ।म सँग पैसा  प्रशस्तै  भएकोले   चाड पर्ब  मा  घर  फर्किनु आवश्यक  छैन   । बुवा आमाले  सँधै  भन्ने गर्नुहुन्छ  यसपालि  त  आउछस नि दशैँमा टिका  लगाउन  भनेर ।  तर मैले  यसपालि  आउन  पाइन  अर्को साल आउछु  भन्दै  गएको  पनि  १२  बर्ष   पुगिसकेछ ।   म फर्केर  गैन । म फर्केर घर जाने  हो भने  मेरो  प्यारो साथी पैसालाई  गुमाउनु पर्ने  हून्छ ।त्यसैले म मेरो प्यारो  साथी पैसालाई  गुमाउन चाहन्न ।मेरो लागि  त्यो टिको अनी ति बुवा आमाको  आशिर्बाद  भन्दा  ठुलो पैसा छ ।  मलाई  उनिहरुको रोदन सित कुनै  सम्बन्ध  छैन,केबल  छ त  पैसा सँग ।     
          
     अब  रहयो  भाई बहिनी हरुको कुरो ।  आशा भरोसा  हुन्छ जेठो दाइबाट ।  तर पैसा कमाउदै  जाँदा  मेरो  उनिहरुलाई  म्यानेज्मेन्ट  गर्ने जुन  सपना थियो  फेरिदै  गयोँ ।मेरो कमाइले उनिहरुको लागि गर्दै जाने हो भने  मेरो पैसा सकिदै जान्छ  बरु  भाई बहिनी लाई नै गुमाइदिन्छु ,पैसा गुमाउन चाहन्न  भन्ने    सोच को बिकास हुँदै  जाँदा   भाई बहिनी पनि टाढा छन म बाट आज ।
       स्टमित्र को लागि म आशाको केन्द्र  ।  सहयोग  नमाग्ने  कुरै भएन।  कुरा काट्न त सक्दिन बाहिर  त्यसैले म सहयोग गर्छु  भन्दै विश्वाश दिलाउदै जान्थे र जब अप्ठेरो परेर सहयोगको हात  थाप्थेँ नि उनिहरुलाई मैले  बिभिन्न वहाँनामा सहयोग  को उनिहरुको अपेक्षा लाइ  टारिदिन्थे ।  त्यसैले  स्टमित्र  पनि  आजभोलि  मसँग  टाडिदै गएका छन  ।                           
           जब म पैसा  को पछी दौडिदै  गए तब  मसँग   पैसा   मात्र  बढ्दै  गयो  ।  तर  मेरो लुवाइ खुवाइ  र बसाइ मा कुनै परिवर्तन आएन ।  किनकि लुवाइ खुवाइ  र बसाइ मा परिवर्तन   गर्दा मैले अझ बढी पैसा   कमाउन सकिन्न भन्ने  सोच छ म मा ।  त्यसैले  पैसासँगै  बदलिनुपर्ने स्ट्यान्डर्ड लाईफ स्टाईल पनि   टाडिदै गयो   मसँग  ।  
            जब मसँग    पैसाको सामिप्यता बढ्दै  गयो मेरो  इज्जत घट्दै गयो ।  म प्रतिको बुवा आमाको  भरोसा टुट्दै गयो साथीभाइसँग सम्बन्ध छुटेर गयो,भाइ बहिनी प्रतिको  मेरो माया र  जिम्मेवारि घट्दै  गयो स्टमित्रले म प्रति गरेको  विश्वाश टुट्दै गयो, म प्रतिको  समाजको दृष्‍टिकोण  नकरात्मक  हुँदै गयो ।          
 
          उफ्फ् आज म मा  एकाएक पश्चात्ताप पैदा भएको छ ।  पैसा को लागि मात्र दौडिदा  बुवा आमा ,दाजुभाइ ,स्टमित्र  साथिसंगी समाज  सबै गुमाए ।  चाहेर पनि यि सबै कुराहरुलाई  मैले समायोजन गर्न  सकिरहेको  छैन  । हे! भगवान  सक्छौ  भने अब  मलाई  पैसा को बदलामा  मैले गुमाएका बुवा आमा ,दाजुभाइ  ,स्टमित्र ,साथिसंगी  समाज   सँगै रम्न सक्ने  बातावरण  तयार पारिदेउ ।म  जस्तोसुकै  त्याग  गरेर भएपनी पनि पहिलेको जस्तै विश्वाशको पात्र बन्दै सबैसँगै रम्न चाहन्छु । म पैसा को यो जन्जिर बाट मुक्ती चाहन्छु । जय भगवान !।

साथमा सुन्नुहोस ।   बडा दसैँ बारेमा ।

 

 

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु