Email : info@totalnewssewa.com

जापानबाट एक युवकले लेखे “ कसरी सफल होला नेपाल फर्क अभियान ? ” भन्दै रबिन्द्र मिश्रलाई खुला पत्र

रविन्द्र मिश्रलाई पहिलो पत्र

 

रविन्द्र मिश्र ज्यु नमस्कार कुशल रहि कुशलताको कामना गर्दछु ! 

पार्टिको संगठन विस्तारको लागी देश दौडानमा धेरै नै व्यस्त हुनुहुन्छ होला, अनि अहिले भर्खरै आएको भारी वर्षासँगैको प्राकृतिक विपत्तीले नेपालका अधिकांश भु-भागहरु कहिँ डुवान त कहिँ पहिरोले कैयौँको ज्यान गयो भने कैयौँ घरवारविहिन हुनुपरेको छ, यो पिडामा उद्वार र राहत संकलन-वितरणको लागी व्यस्त नै हुनुहुन्छ!

यस दुखद परीस्थीतीमा म सातसमुन्द्र पारीको प्रदेशी भुमी(जापान)बाटै भएपनि मृतकको चिरशान्तीको कामना गर्दै शोकसन्तप्त परीवारजनप्रती सहानुभूति प्रकट गर्दछु; साथै सरकारको तर्फबाट यथाशक्य छिटो आवश्यक उद्वारसँगै राहतको व्यवस्था मिलाईयोस् भन्दै स्वदेश तथा प्रदेशबाट पनि यो दुखको घडिमा आ-आँफुले सक्दो सहयोग  गरौँ भन्न चाहन्छु । 

रविन्द्र मिश्र ज्यु अहिले  देश रोईरहेको बेलामा मैले हजुरलाई पत्र लेख्ने मूर्खता गरेको छु स्विकारीदिनुहुनेछ साथै मनन पनि गरीदिनुहुनेछ भन्ने आशाभन्दा पनि विश्वास लिएको छु।

साझा विवेकशिल पार्टिले अगाडि सारेको “नेपाल फर्क अभियान”को विषयमा आफ्नो धारणा राख्ने प्रयास गर्दै छु:

 

कसरी सफल होला “नेपाल फर्क अभियान” 

        रविन्द्र मिश्र ज्यु(हजुर स्वयं) , सुर्यराज आचार्य ज्यु लगायत अधिकांश नेताद्वयहरु विश्वका विभिन्न मुलुकहरुमा केहि बर्ष बसेर त्यहाँको विकाश-निर्माण र परीवर्तनलाई नजिकबाट नियालेर अनि हाम्रोमा रहेको राजनीतीक खिचातानी र देशको खस्किँदो अवस्था अनि पुराना पार्टिहरुको पुरानै शैलीबाट देशले निकाश नपाउने निश्चय भैसकेको परीस्थितीमा नेपालमा पनि अब फरक खालको(वैकल्पिक) राजनीतीबाट मात्रै त्यो संभव हुने, देशले निकाश र आम-सर्वसाधारणले  परीवर्तनको अनुभव गर्न पाउने निधो गरेर नै स्वदेश फर्किएर राजनीतीमा होमिनुभएको हो ।

आ-आफ्नो पद र ज़िम्मेवारी सम्हाल्दै र पदअनुसारको उचित सुख-सुविधा सहितको जिवन व्यतीत गर्न पाईरहेको त्यो सुखमा सन्तुष्ट नभएर आफ्नो जन्मभूमीलाई पनि आफ्नै जिवनकालमा परीवर्तन गर्नुपर्छ  भनेर नै लागीरहनुभएको छ त्यसको लागी हार्दिक आभार प्रकट गर्दछु ।

हो जसरी हजुरहरु फर्किनु भयो र देश परीवर्तन संभव छ भनेर लागीरहनुभएको छ; त्यसैगरी अब प्रदेशमा रहेका झण्डै ७०/७५ लाख युवा पनि आफ्नो देश फर्किनै पर्छ । हुन त प्रदेशमा भएका युवाहरुलाई “नेपाल फर्क अभियान” मार्फत नेपाल फर्काउने त भनीरहनुभएको छ तर रविन्द्र मिश्र ज्यु हजुरलाई त थाहा छँदै छ नेपालको आर्थीक स्थीती, अहिले त आम-सर्वसाधारण हरेक घरको सदस्य २/३ जना विदेशमा नभएको घर भेट्न मुस्किल छ किनकि नेपालमा कुनैपनि रोजगार पाउनको लागी कि त ठुल्ठुला नेताको आफन्त हुनुपर्यो नभए नी कि त ठुलो राजनीतीक दलको झोला-झण्डा बोक्ने हुनुपर्यो अनि केहि पेशा-व्यवसाय गरौँ भन्यो भने पनि राजनीतीक आड नभएसम्म कालोबजारीको चपेटामा परीन्छ अनि टोले गुण्डाहरुलाई चन्दा दिँदा ठिक्क हुन्छ ! त्यसो गर्न नसक्ने ले आफ्नो परीवार पाल्नकै लागी प्रदेशीनै पर्छ; 

स्वदेशमै रोजगार भए प्रदेश को जान्छ,

परीवारसँग महि र मकै घरदेशमै खान्छ”

 

आम-सर्वसाधारण जनताको पिडा-यथार्थता र प्रदेशीनुको बाध्यता कोहि-कसैबाट पनि संवोधन हुन सकेको छैन नै; रविन्द्र मिश्र ज्यु के तपाईँहरु (साझा पार्टि) सक्नुहुन्छ उचित संवोधन गर्न र ति बाध्यताले प्रदेशीन विवश युवालाई रोजगारको व्यवस्था मिलाएर स्वदेश फर्काउन ? अनि उनीहरुको लगानी र पसीनाको सुरक्षाको व्यवस्था मिलाउन ? 

यसको उत्तरमा आउन सक्ला

“अवश्य पनि सक्छौँ; तर सत्तामा पुगेपछि”

म एउटा सानो र मेरो सोँचाईअनुसारको उपयोगी/संभव हुने टिप्स दिन्छु है:-

आम-सर्वसाधारणको समस्या र बाध्यता बुझ्न अनि रोजगारको व्यवस्था गरेर स्वदेश फर्काउनको लागी सत्तामा नै पुग्नु पर्दैन ।

कसरी ?

कुनै पनि एक व्यक्तीले आफ्नो लगानीमा लगानीअनुसारको(सानो/ठुलो) व्यवसाय, उद्योग गर्न त पाउँछ नी हैन अनि त्यहाँ आवश्यकता अनुसार कामदार पनि राख्न सक्छ अनि च्यानल मिलाउन सक्यो भने आफ्नो उत्पादनलाई स्वदेश-विदेशको बजारसम्म पुर्याउन सक्छ नै (जस्तै:-विनोद चौधरी र उनको CG कम्पनी) 

के यस्तै खालको उद्योगको सुरु गर्न र विदेशी भूमीमा पसीना बगाईरहेका युवालाई स्वदेशमै रोजगार दिन सकिँदैन र ? 

 

पछिल्लो समय प्राकृतिक प्रकोपबाट देशमा धेरै क्षति भैरहेको छ । त्यसमा पनि उद्धार र राहत हस्तान्तरण अनि बस्ती मर्मतको लागी साझा पार्टि लागीरहेको छ । सर्वसाधारणले भोगीरहेको पिडा देख्दा मन थाम्न सकिँदैन अनि राहतसामाग्री सहित उद्धारको लागी हिँडिहाल्नुपर्छ तर राहत पुर्याउन पनि त देश-विदेशका नेपालीसँग सहयोगको अपिल बाहेक पार्टिको अन्य आयश्रोत पनि त छैन नी हैन र ! 

अनि पार्टि(कार्यालय व्यवस्थापन, आवश्यक कर्मचारीको सेवा-सुविधा, विभिन्न कार्यक्रमहरु)सञ्चालन कै लागी पनि त ठुलै आर्थीक आवश्यकता पर्दछ त्यसको व्यवस्थापन पनि त पार्टिप्रती सद्भाव राख्नुहुने साथीहरुबाट स्वतस्फूर्त रुपमा गरीने सहयोग रकमबाट बाहेक अन्य विकल्प छैनन् नी ! 

राहत-उद्धार, विभिन्न कार्यक्रम हुँदै पार्टि सञ्चालन सम्म पनि विदेशमा भएका राष्ट्रप्रेमी युवाहरुको सहयोग आवश्यक पर्दछ । त्यस्तै पार्टि स्थापनापश्चात देश-विदेशबाट सचेत युवाहरुले सामाजिक सञ्जालबाट धेरै समर्थन रहेता पनि चुनावमा  जित्न र देश रुपान्तरणको बाटोमा लाग्नको लागी त पार्टिको विधि-विधान र नेतृत्वसँगै समग्र पार्टिको समर्थकहरु नेपालमै(मतदान केन्द्रमै) हुनुपर्ने रहेछ भन्ने त अघिल्लो चुनावले प्रष्ट पारीसकेको छ । 

हजुरहरुको “नेपाल फर्क अभियान” सफल पार्न, भैपरीआउने प्राकृतिक विपत्तीमा तत्काल राहतसहित उद्धारको लागी जान, पार्टि सञ्चालनको लागी आवश्यक आर्थीक व्यवस्थापनको लागी  अनि प्रदेशमा रगत बगाएर पसीनाको मुल्य लिई घरपरीवारलाई २ छाक खाने बन्दोबस्त मिलाईरहेका युवालाई स्वदेशमै परीवारसँग बस्ने वातावरण मिलाउनको लागी सबैभन्दा पहिले उद्योगधन्दा नै खोल्न सक्नुपर्छ । 

कसरी खोल्ने त ?

जसरी आजसम्म हरेक पटक पार्टिलाई स्वदेश तथा प्रदेशबाट विभिन्न शिर्षकमा राष्ट्रप्रेमी नागरीकबाट आर्थीक सहयोग आईरहेको छ; अब त्यसलाई राहत/सहयोगको रुपमा हैन शेयरको रुपमा लिने निर्णय गर्नुस् र स्वदेश तथा प्रदेशमा रहेका युवाहरुलाई आ-आफ्नो क्षमताले भ्याउनेसम्मको शेयर लगानी गर्नको लागी अपिल गर्नुस् र हजुरहरु पनि शेयर लगानी गर्न तयार हुनुहोस् ! 

त्यसको लागी सर्वप्रथम आवश्यक पर्नेछ उद्योग सञ्चालनको लागी आवश्यक स्पष्ट नितीसहितको वृहत योजना अनि प्रतिबद्धतासँगै ज्ञान-सिप-क्षमता-दक्षता अनुसारको रोजगारीको सुनिश्चितता पनि । यती गरीसकेपश्चात स्वदेश तथा प्रदेशबाट आ-आफ्नो क्षमताअनुसारको शेयर लगानी संकलन हुन्छ र प्रदेशबाट फर्किने युवाशक्तीको पनि लाईन हुनेछ ! संवन्धित क्षेत्रमा विज्ञता भएका विज्ञहरु र कैयौँ बर्ष प्रदेशबाट बटुलेको अनुभवलाई सहि सदुपयोग गर्दै उद्योग सञ्चालन गर्न सकिनेछ र लगानीको क्षमताअनुसार उद्योगमा धेरैभन्दा धेरै युवाले रोजगार पाउने छन् र त्यहाँ आवश्यक कच्चापदार्थ र त्यहाँबाट हुने उत्पादनलाई बिचौलीयाको नजर नपारीकन स्वदेश तथा विदेशको बजारमा सिधै उपभोक्ता/उत्पादकले ख़रीद-बिक्री गर्नसक्नेछन् ।साथै केहि समय पछि नै उद्योगलाई अझ विस्तार गर्दै  विभीन्न क्षेत्रमा अगाडि बढाउन र अझ थप युवालाई रोजगारको व्यवस्था गर्न सकिनेछ ।

यसबाट देशको युवाजनशक्ती देशमै रहनेछ भने उनीहरुको पसीनाले आफ्नै जन्मभूमिमा परीवर्तन ल्याउने छ ।

उक्त उद्योगबाट हुने खुद मुनाफाको मात्रै १% रकम चैँ उद्धार-राहत अनि पार्टि व्यवस्थापनको लागी छुट्याईने र बाँकि ९९% रकम चैँ शेयरलगानीकर्ताको हुने गरी निति सुरुमै बनाएपश्चात किन माग्नुपर्छ विभिन्न शिर्षकमा चन्दा अनि किन दिनुपर्यो सद्भाव देखाएर पार्टिलाई सहयोग !

जब यसरी औद्योगिक योजना बनाएर “रोजगारसहितको राजनीती” मार्फत युवालाई नेपाल फर्काएर उनीहरुको श्रमलाई उचीत मुल्याङ्कन गर्न सकिन्छ तब मात्रै संभव छ “हाम्रै पालामा समृद्धि” ल्याउनलाई ।

हजुरहरुले यतीसम्म गरीदिन सक्नुभो भने दिनहुँ १७सयको हाराहारीमा विदेशीने र दिनहुँ ४/५ओटा रातो बाकसमा फर्किन विवश नागरीकलाई आफ्नै परीवारको साथमा खुसीसाथ नेपाली भूमीमै बसेर पसीना बगाएको देख्न पाउँथ्यौँ कि !

 

प्रदेशमा पसीना पोखेरै भएपनि परीवारको गुजारा चलाईरहेका युवालाई कुनै योजना नै नबनाईकन यत्तीकै नेपाल फर्काएर के हुन्छ अवस्था भोली तीनीहरुको परीवारको गुजारा कसरी चल्छ ? सोँच्नुस् त 

 

जय देश - जय मातृभूमि 

सबैको जय होस् 

 

                                       सुबाश पौडेल अविरल

                                          जैमिनी-८,बागलुङ

                                               हाल जापान



प्रतिक्रियाहरु