यस्तो छ कोरोना नियन्त्रणमा कोरियाली अनुभव

(विश्वभरमै मानव जाति कोभिड १९ को अकल्पनीय सङ्क्रमणबाट भयभीत र आक्रान्त रहेको वर्तमान समयमा दक्षिण कोरियाले यस महामारीलाई काबुमा लिन र आफ्ना नागरिकको जीवन रक्षा गर्न अख्तियार गरेका विधि र उपचार पद्धति नेपालको सन्दर्भमा पनि उपयोगी र अनुकरणीय हुने देखिएकाले यो लेख सम्प्रेषण गरिएको छ । यस लेखका लेखक डिल्लीराम बाँस्तोला दक्षिण कोरियाको सिओलस्थित नेपाली राजदूतावासमा काउन्सेलर हुनुहुन्छ ।)


 चीनको वुहानबाट २०१९ डिसेम्बरमा देखा परेको कोभिड १९ (कोरोना भाइरस डिजिज २०१९) लाई विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ मा विश्वव्यापी महामारी घोषणा गरिसकेकोे छ । विश्वका २ सय  भन्दा बढी राष्ट्र प्रभावित भइसकेका, झण्डै विश्वको एक चौथाइभन्दा बढी जनसङ्ख्या लकडाउनमा रहेका र यसको न्यूनीकरण तथा उपचारका लागि विश्व नै सक्रिय रहेको अवस्था छ ।

चीन अहिले क्रमशः सामान्यीकरणतिर फर्कदै छ भने चीन पछि सङ्क्रमण देखा परेको दोस्रो राष्ट्र दक्षिण कोरियामा पछिल्ला दिनहरुमा दैनिक सरदर १ सय  भन्दा कम सङ्क्रमित सङ्ख्या देखा परेको र सञ्चो भएर फर्कने दर बढ्दो रहेकाले कोभिड १९ सङ्क्रमण नियन्त्रण उन्मुख छ । सन् २०१५ को मार्स सङ्क्रमण समयको गल्तीबाट सिकेको शिक्षा यस पालि कोरियाले समयमै व्यवहारमा उतारेको छ । कोरियाले न त लकडाउन गरेको छ न अन्तर्राष्ट्रिय आवागमनमै बन्देज लगाएको छ । शहरमा सार्वजनिक यातायात सेवा रोकिएको छैन । अधिकाँश साना तथा मझौला उद्योग यथावत सञ्चालन भइरहेकै छन् । मास्क तथा सेनिटाइजर जस्ता सामग्री बाहेक अन्य सामग्रीको खासै असुविधा छैन । ग्लोबल हेल्थ इण्डेक्समा विश्वका १ सय ९५ देशमध्ये नवौं स्थानमा रहेको तथा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकले दक्षिण कोरियाको सङ्क्रमण नियन्त्रण प्रयास अत्यन्त उदाहरणीय र पारदर्शी रहेको र प्रविधि उच्चस्तरको रहेको भनी प्रशंसा गर्नाका साथै कोरियाली अनुभव अन्य राष्ट्रहरुका लागि उपयोगी हुन सक्ने बताएका छन् ।

 

कोरियामा विभिन्न देशका ६० भन्दा बढी नागरिकहरु कोरोना सङ्क्रमित भएता पनि आजसम्म कुनै पनि नेपाली सङ्क्रमित छैनन् । नेपाली राजदूतावासले गैह्रआवासीय नेपाली सङ्घ लगायत विभिन्न सङ्घसंस्थासँग मिलेर प्रारम्भदेखि नै विज्ञको सहयोगमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोरियामा असहज परिस्थितिमा समेत अत्यन्त सचेतनापूर्वक काममा व्यस्त श्रमजीवीहरु मातृभूमिमा कोरोना फैलन नपाओस् भन्ने कामना गर्दै चिन्ता र चासो व्यक्त गरिरहेका पाइन्छ । नेपालमा पनि सङ्क्रमण जोखिम उच्च रहेको वर्तमान सन्दर्भमा कोरियाका कतिपय असल अभ्यासहरु अनुकरणीय हुन सक्दछन् ।

१. स्टाण्डर्ड अपरेटिङ प्रोसुडर 

कोरियाले सङ्क्रामक रोग नियन्त्रणका लागि उच्चस्तरको स्टाण्डर्ड अपरेटिङ प्रोसुडर (क्इए) बनाएको छ जसका पाँच चरणहरु आक्रामक र पारदर्शीरुपमा सूचना प्रवाह गर्ने, ठूलो सङ्ख्यामा परीक्षण गर्ने, सङ्क्रमित र जोखिम भएको व्यक्तिलाई आइसोलेशन र क्वारेन्टाइनमा राख्ने, आवश्यक व्यक्तिलाई उपचार गर्ने र सङ्क्रमित स्थान र वातावरणलाई सङ्क्रमणरहित बनाउने रहेको छ । उल्लिखित चरण जति राम्रो भए पनि कार्यान्वयनले नै परिणाम प्राप्त हुने कुरालाई ध्यानमा राखेर केन्द्रीय र स्थानीय सरकारको निकटतम समन्वयमा यस नीतिलाई व्यवहारतः प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको पाइन्छ ।

२. विमानस्थल तथा बन्दरगाह बन्द नगरेता पनि जाँच तथा प्रवेशाज्ञामा कडाइ

गणतन्त्र कोरियाले चीनको हुवे प्रान्तबाट प्रवेश निषेध गरेको छ । अन्य देशहरुसँग भने आजसम्म आवागमनमा पूर्ण बन्देज नगरेता पनि सतर्कतापूर्वक प्रवेशाज्ञा तथा आवागमनमा कडाइ गर्दैआएको छ । सङ्क्रमित व्यक्तिको पहिचान गरी सङ्क्रमण फैलन नदिन सबै अन्तर्राष्ट्रिय नाका, विमानस्थल तथा बन्दरगाह समेत (स्मरण रहोस् जमीनमा सीमा जोडिएको उत्तर कोरियासँग पहिल्यैदेखि आवागमनमा बन्देज छ) मा सबै यात्रीहरुलाई थर्मल क्यामेराको माध्यमवाट तामक्रम नाप्ने र ज्वरो तथा अन्य अवस्था एवं यात्रास्थलबारे प्रश्नावली भर्न लगाइन्छ । आवश्यकतानुसार तत्काल जाँच गरी सङ्क्रमणको आशङ्का वा पुष्टि भएमा थप जाँच तथा उपचारका लागि सम्बन्धित अस्पताल पठाइन्छ ।

यात्रुको अवस्था सामान्य पाइएमा निजको आफ्नै बस्ने स्थान भए सो को विस्तृत विवरण तथा फोन सम्पर्क नम्बरसमेत नोट गरी तत्काल सो को जाँच तथा पुष्टि गरी १४ दिनसम्म अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको छ भने आफ्नै बस्ने स्थान नभएका व्यक्तिको हकमा सरकारले तोकेको क्वारेन्टाइनमा बस्न अनिवार्य छ । सेल्फ क्वारेन्टाइनलाई सम्बन्धित व्यक्तिको स्मार्टफोनमा तोकिएको एप (सेफ्टी प्रोटेक्सन एपरसेल्फ डायग्नोस्टिक एप) डाउनलोड गरी सो सँग लिंक गरिन्छ र एप मार्फत दैनिक स्वास्थ्य अवस्था रिपोर्टिङ एवं सेल्फ क्वारेन्टाइन नियम पालना गरे नगरेको अनुगमन गरिन्छ ।

कोरियाबाट बाहिर जान चाहने व्यक्तिको हकमा सङ्क्रमित व्यक्तिसँग दुई मिटरभन्दा कम दूरीमा सम्पर्कमा आएको व्यक्ति रहेछ भने १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने र सो अवधिमा विदेश जान बन्देज छ । अन्य व्यक्तिको हकमा कोरियाबाट बाहिर जान कुनै बन्देज छैन ।

ईन्छन विमानस्थल लगायत सबै अन्तर्राष्ट्रिय विमानस्थललाई ‘कोभिड १९ रहित विमानस्थल’ बनाउन प्रस्थान कक्षमा तीन स्थानमा जाँचको व्यवस्था छ । सर्वप्रथम प्रस्थान कक्षमा तापक्रम जाँच गरिन्छ, त्यसपछि सुरक्षा जाँच कक्षमा थर्मल क्यामेराले वा बढी ज्वरो देखिएमा थप एकिन गर्न नन् कन्ट्याक्ट थर्मामिटरको सहायताले जाँच गरिन्छ र अन्तिममा बोर्डिङ गेटमा नन् कन्ट्याक्ट थर्मामिटरको सहायताले जाँच गरिन्छ । कुनै यात्रुमा ३७.५ डिग्री सेल्सियस र सो भन्दा बढी तापक्रम पाइए उनलाई थप जाँचका लागि पठाइन्छ ।

त्यसैगरी विमानस्थललाई सङ्क्रमणरहित बनाउन थप व्यवस्था गरिएको छ । चेक इन काउण्टर, सेक्युरिटी जाँच उपकरणहरुलाई दिनमा तीन पटक स्टेरिलाइजेशन गरिन्छ । यात्रुसँग भौतिक सम्पर्कमा आउने एलिभेटर तथा एस्कालेटरहरुलाई समेत तीन पटक किटाणुरहित बनाउन सफाइ गरिन्छ ।

३. ट्र्याक, ट्रेश र ट्रिटमेन्ट 

सूचना प्राप्त हुनासाथ शीघ्रातिशीघ्र सङ्क्रमितको मार्ग पहिचान गरी त्यसलाई शूक्ष्म रुपले निगरानी गरी सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिलाई अलग राखी जाँच गर्ने, सेल्फ क्वारेन्टाइनमा बसे नबसेको अनुगमन गर्ने र सङ्क्रमण देखिएमा तत्कालै उपचार गर्ने विधि कोरियाले अवलम्बन गरेको छ । सङ्क्रमितसँग सम्पर्कमा आएको व्यक्ति पहिचान गर्न हरसंभव उपाय अवलम्बन गरेको पाइन्छ । यसबाट प्राप्त नतिजा तथा सान्दर्भिक सूचना पारदर्शीरुपमा तुरुन्तै प्रकाशन गरिन्छ । केन्द्रीय सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सामञ्जस्यता रहेको छ ।

कोभिड १९ परीक्षणका लागि पर्याप्त स्वास्थ्य संस्थाको व्यवस्था गरिएको छ । सन् २०२० मार्च १६ सम्मको तथ्याङ्क हेर्ने हो भने देशभरिका ६ सय ३५ स्वास्थ्य संस्थावाट कोभिड १९ को परीक्षण गरी स्वाब नमूना सङ्कलनको व्यवस्था गरिएको छ भने एक सय १८ वटा स्वास्थ्य संस्थाबाट कोरोना भए नभएको सम्बन्धमा दैनिक करीव १८ हजार नमूनाको जाँच गर्न सक्ने क्षमता रहेको छ । यही अप्रिल ९ सम्मको तथ्याङ्क हेर्ने हो भने हालसम्म ४ लाख ७७ हजार ३ सय ४ जनाको नमूना परीक्षण गरिएको छ । यसको अर्थ कोरियाको प्रत्येक १ सय ६ जनामध्ये एक जनाको नमूना परीक्षण भएको देखिन्छ । अप्रिल ९ सम्म दश हजार ४ सय २३ जनामा कोरोना सङ्क्रमण देखिएकामा ६ हजार ९७३ जना उपचार पछि सञ्चो भएर फर्केेका छन् । समयमै सङ्क्रमित पत्ता लगाउने र उच्चस्तरको उपचार पद्धतिका कारण निको हुने दर उच्च छ र मृत्यु दर न्यून छ । हालसम्म २ सय ४ जनाको कोरोनाका कारण निधन भएको छ । सङ्क्रमितमध्ये कोरियाको मृत्युदर अन्य देशको तुलनामा न्यून अर्थात १.९ प्रतिशतको हाराहारीमा रहेको छ ।

हाल कोरियन टेष्ट किट उच्च गुणस्तर र शीघ्र (तीन घण्टाभित्रै) परीक्षण गर्न सकिने भएको भनी यसको माग विश्वभरबाट भइरहेको छ । सङ्क्रमण फैलिन नदिन एकातिर सार्वजनिक स्थलमा सामाजिक दूरी कायममा कडाइ गरिएको छ र सार्वजनिक स्थल तथा सम्भाव्य जोखिमयुक्त स्थललाई समय समयमा सङ्क्रमण मुक्त गर्ने गरिएको छ भने अर्को तर्फ गुणस्तरीय पिपिइहरु प्रयोग भएको, अस्पताल, स्वास्थ्यकर्मी, परीक्षण स्थल र विधिमा समेत निकै सावधानी अपनाइएको पाइन्छ । त्यसैगरी हजारौं स्वतःस्फूर्तरुपमा स्वास्थ्य स्वयंसेवककारुपमा उच्च जोखिमयुक्त क्षेत्रमा गई सहजीकरणमा सहयोग गरिरहेका छन् । वास्तवमा कोरियाको कोरोना उपचारमा शीघ्र सफलता वा चामत्कारिक नतिजाको रहस्य शीघ्रता, गुणस्तरीयता तथा पारदर्शिता नै हो ।

४. विदेशी नागरिक तथा विद्यार्र्थीका लागि विशेष व्यवस्था 

कोरियामा करीब २४ लाख विदेशी नागरिक रहेका कारण उनीहरुलाई कोभिड १९ सँग सम्बन्धित सचेतनामूलक सूचना तथा सन्देश, रोगका लक्षण, नजीकको स्वास्थ्य संस्थामा उपचार विधि समेतका बारेमा जानकारी मातृभाषामा प्रदान गर्न कल सेन्टरले सहयोग गरिरहेका छन् । विश्वविद्यालय बाहिर बसेका कोरोनाको आशङ्का भएका विदेशी विद्यार्थीहरुलाई सिओल शहरले सेल्फ क्वारेन्टाइनका लागि अस्थायी आवास सुविधा उपलव्ध गराएको छ । यसमा दैनिक दुई पटक टेलिफोनबाट स्वास्थ्य स्थितिसम्बन्धी सोधपूछ गर्ने व्यवस्था मिलाइएको छ ।

५. ड्राइभ थ्रो टेष्टिङ स्टेशन रवाल्क थ्रो टेष्ट 

सडकमा सवारी चलाइरहेको समयमा स्वाब नमूना सङ्कलन गर्न देशैभर विभिन्न ५० स्थानमा ड्राइभ थ्रो टेष्टिङ स्टेशन खडा गरिएको छ जहाँ गाडी भित्रै बसेको अवस्थामा १० मिनेटभित्रै मेडिकल प्रश्नावली भर्ने, डाक्टरले परीक्षण गर्ने, ज्वरो नाप गर्ने र स्वाब टेष्टका लागि नमूना सङ्कलनको कार्य गरिन्छ । यसबाट नागरिकलाई सुविधा हुनाका साथै बिरामी अस्पतालसम्म जाँदा हुनसक्ने सङ्क्रमणको जोखिम न्यून हुने, अस्पतालमा चाप कम हुने र छिटो परीक्षण सम्भव भएको छ । त्यसैगरी, सिओलमा केही स्थानमा कोरोना आशङ्का भएको व्यक्ति वा कोरोनाको परीक्षण गर्न इच्छुक जो कोहीलाई सहज होस् भनी वाल्क थ्रो टेष्टको व्यवस्था गरिएको छ ।

यसमा इच्छुक व्यक्तिहरुको स्वाब जाँचका लागि स्वास्थ्यकर्मीको सहयोगमा नमूना सङ्कलन गरी जाँच गर्ने व्यवस्था रहेको छ । डाक्टरले कोरोना शङ्का गरेको, कोरोना प्रभावित क्षेत्र भ्रमण गरी फर्केको वा कुनै सङक्रमितसँग सम्पर्कमा रहेको समूह (रिस्क ग्रुप) भित्रको व्यक्तिको हकमा निःशुल्क सेवा दिने तर, सो बाहेकको अन्य इच्छुक व्यक्तिको हकमा सशुल्क जाँचको व्यवस्था गरिएको पाइयो । यस्ता सशुल्क परीक्षण गरिएका व्यक्तिमा समेत नतिजा सकारात्मक आएमा सो शुल्क फिर्ता गरी उपचारका लागि पठाइने गरेको छ ।

६. सूचना प्रविधिको उपयोग र प्रभावकारी तथा पारदर्शी सूचना प्रवाह 

कोरोना सङ्क्रमणको प्रारम्भदेखि नै टेलिभिजन, पत्रपत्रिका, अनलाइन सञ्चार माध्यम, बेवसाइट, मोबाइल टेक्स्ट मेसेज तथा दैनिक दुई पटक प्रेस ब्रिफ र आवश्यकतानुसार प्रेस वक्तव्यको माध्यमवाट सचेतनामूलक सन्देश, कोरोनाको प्रकोपको अवस्था (तथ्य तथ्याङ्क सहित) तथा न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्था समेतका विषयमा तत्काल खुला र पारदर्शी माध्यमबाट प्रभावकारी सूचना प्रवाह गर्ने गरिएको छ । यसबाट एकातिर गलत तथा अपुष्ट समाचारबाट दिग्भ्रमित हुनबाट जोगाएको छ भने अर्कोतिर आम नागरिकमा सचेतना तथा विश्वास जागृत भई एकान्तबास तथा सामाजिक दूरी कायम गर्न प्रेरित गरी सङ्क्रमण फैलिनबाट जोगाउन सहयोग भएको छ ।

सूचना प्रविधिको अधिकतम प्रयोग गरी सङ्क्रमित व्यक्तिको एवं क्वारेन्टाइनमा बसेको व्यक्तिको अवस्था पहिचान तथा अनुगमन गरिन्छ । यसका लागि उसको मोबाइल फोन डाटा, जिपिएस लोकेशन, सिसिटिभी फुटेज तथा आवश्यकतानुसार प्रहरी परिचालन समेत गरी त्यस्तो व्यक्ति कहिले कहिले कहाँ कहाँ गयो (मुभमेन्ट हिष्ट्री), क्रेडिट कार्ड हिष्ट्रीमार्फत कहाँ के कस्तो कारोबार ग¥यो, नयाँ सङ्क्रमण कहाँ भेटियो जस्ता सूचना अनलाइनमार्फत तथा टेक्स्ट मेसेज मार्फत सर्वसाधारणमा सार्वजनिक गरी सुसूचित गर्ने जसबाट सङ्क्रमित व्यक्तिसँग भेट भएका वा सो व्यक्ति गएको स्थानमा गएका व्यक्ति आफैं सचेत हुन सकून् । वास्तवमा दुवै पक्षको सहमतिमा फोनको जिपिएस लोकेशन ट्र्याकिङ गर्न सकिने समझदारीका कारण मात्र यो संभव भएको हो । साथै स्मार्ट फोन नभएका वा प्रयोग गर्न नसक्ने व्यक्ति क्वारेन्टाइनमा बसेको अवस्थामा नजीकको कल सेन्टरमार्फत १४ दिनसम्म निगरानी गर्ने गरिन्छ ।

७. सरकारी निर्देशनप्रति नागर



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु