Email : info@totalnewssewa.com

रविकी पत्नी निकिताको जाहेरी प्रहरीद्धारा अस्वीकार

भदौ ४- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । निकिताले शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला , जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल र जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ विरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् । तर उनलाई प्रहरीले यो केश आफ्नो क्षेत्रात्राधिकारभित्र नपर्ने भन्दै फर्काइदिएको हो ।

 

उक्त विषयमा प्रहरी उपरीक्षक अशोक सिहसङसँग रवि पत्नी निकिता, दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइले  आधा घण्टा छलफल गरेका थिए । छलफलमा सहभागी प्रहरी उपरिक्षक अशोक सिहसङले यो विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्ने नभई अदालतले छिनोफानो गर्ने विषय भएको बताए । उनले भने, प्रहरीभित्रको उजुरी प्रहरीले हेर्दैन ।’ ‘यो केस प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन, चितवन र काठमाडौं प्रदेशका हिसावले पनि समानान्तर जिल्ला हुन् ।निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले भने प्रहरी उजुरी दर्ता गर्न नमानेको बताए । प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकता अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दर्ता गर्न गएकी छिन् ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु