नेपालमा कोरोनाका कारण ५६ जनाको मृत्यु , संक्रमितको संख्या १९७७१ पुग्यो

साउन १६- नेपालमा शुक्रवार थप २२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप चार जनाको कोरोना संक्रमणका कारण पछिल्लो पटक मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोनाका कारण ५६ जनाको मृत्यु पुष्टि भएको छ ।गत २४ घण्टामा डिस्चार्ज भएका व्यक्तिहरुको संख्या १५१ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा १० हजार ७६८ जनाको पीसीआर परीक्षण गरिएको छ । संक्रमित मध्ये ७२ दशमलव ८ प्रतिशत निको भएर घर फर्किएका छन् । हाल आईसोलेशनमा ५ हजार ३१६ जना  रहेका छन् । त्यसैगरी क्वारेन्टाइनमा१२ हजार १११ जना रहेका छन् । हालसम्म कुल डिस्चार्ज हुने व्यक्तिको संख्या १४ हजार ३९९ पुगेको छ ।

 

प्रवक्ता गौतमले समुहमा बस्ने व्यक्तिहरुको हकमा कोरोना संक्रमण उच्च जोखिम पुष्टि भइसकेको बताए । यसको पुष्टि प्रहरी प्रधान कार्यालयमा रहेका सुरक्षाकर्मीको समुहलाई कोरोना संक्रमण भएबाटै पुष्टि हुने पनि उनले बताए ।

 

उनले मास्कको प्रयोग नगर्ने २ लाख जनालाई हालसम्म कारवाही गरिसकिएको बताए ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु