टोकियोमा शनिबार पनी कोरोना संक्रमितको संख्याले चार सय पार गर्‍यो ,४७२ जनामा संक्रमण पुष्टी

टोकियो, जापान ।  

राजाधानी टोकियोमा कोरोना भाईरस संक्रमितको संख्याले हरेकदिन नयाँ रेकर्ड कायम गरिरहेको छ ।  शनिबार पनी            टोकियोमा चार सय बढीमा कोरोना पोजेटिभ देखिएको टोकियो महानगर सरकारले जनाएको छ । आज मध्यान्न ३ बजेसम्ममा अहिले सम्मकै  अधिक ४ सय ७२ जनामा संक्रमण पुष्टी भएको एनएचके अनलाइनले खबर प्रकाशन गरेको छ । एकैदिन चार सय भन्दा बढीमा संक्रमण पुष्टी भएको आज दोश्रो पटक हो ।  

हिजो जुलाई ३१ मा ४ सय ६३ र अस्ती ३० तारिखमा ३ सय ६७ पुगेर अधिक संख्या कायम भएकोमा आज बढेर यो संख्याले नयाँ रेकर्ड् राखेको छ ।  तीन सय भन्दा बढी संख्या पुष्टी भएको जुलाई २३ र ३० गरी दुई दिन तथा चार सय नाघेको आज र हिजो गरी दोश्रो पटक हो ।   

टोकियोमा जुलाई महिनाभरिमा मात्रै  ६ हजार ४ सय ६६ जनामा कोरोना पुष्टी भएको टोकियो महानगरले जनाएको छ ।  

टोकियोमा अहिले सम्म संकलित संख्या १३ हजार १ सय ६३ पुगेको छ भने हिजो सम्ममा ९ हजार ६ सय १५ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् त्यस्तै ३ सय ३२ जनाको मृत्यु भइसकेको छ । टोकियोमा मे महिनाको अन्तिम सातातिर संक्रमणदरमा केही कमी देखिएपनी जुन महिनाबाट क्रमिक रुपमा दैनिक संक्रमितको संख्या बढीरहेको  छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु