वडादशैँ र तिहारका लागि पुरानो नोट वितरण

कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैँकले सदाझैँ यस वर्षको बडादशैँ र तिहारमा नयाँ नोट वितरण नगर्ने भनी विज्ञप्ति प्रकाशित गरिएकोले सर्वसाधारणलाई नयाँ नोटको अभाव भएको छ ।

उद्यमी, शिक्षक निजामति कर्मचारी, प्रहरी, नेपाली सेना र सर्वसाधारण सेवाग्राहीलाई उनहरुको माग बमोजिम नच्यातिएको पुरानो नोट वितरण शुरु गरिएको राष्ट्रिय वाणिज्य बैँक हेटौँडा शाखाका प्रबन्धक हेमराज मरहठ्ठाले जानकारी दिए ।

उनका अनुसार बैंकले सेवाग्राहीको माग बमोजिम रु एक हजार, पाँच सय, एक सय, ५०, २०, १०, पाँच र रु दुई दरका पुरानो नोट वितरण गरिरहेको छ 

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु