आज बिहीवार ३ हजार ७४९ कोरोना संक्रमित थपिए, ३ हजार ५६४ जना कोरोनामुक्त

टोटलन्युजसेवा डेस्क — पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २१ हजार ७४५ संक्रमितको संख्या पुगेको जनाएका छन । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ५३३ पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ५६४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८४ हजार ५१८ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ३७ हजार ६३६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १६ हजार ५९८ पीसीआर परीक्षण भएका छन् ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु