Email : info@totalnewssewa.com

दाङमा छात्राहरुमाथि पटकपटक यौन दुर्व्यहार गर्ने शिक्षक घर्तीलाई कालो मोसो र जुत्ताको माला

आफ्नै स्कुलका छात्राहरुमाथि पटकपटक यौन दुर्व्यहार गर्ने शिक्षक वीर बहादुर घर्तीलाई अखिल क्रान्तिकारी राप्ती छात्रा विभागले आज जनकारबाही गरेको छ । दाङको धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकाडेमीका प्रिन्सिपल वीर बहादुर घर्तीलाई कालोमोसो सहित जुत्ताको माला लगाएर जनकारबाही गरिएको हो । सोहि स्कुलको छात्रा होस्टेलमा बस्दै आएका विद्यार्थीहरुलाई पटकपटक यौन दुर्व्यहार गर्दै आएको पिडित विद्यार्थीहरुले जानकारी गराएका थिए । यो भन्दा अगाडि पनि अनैतिक कार्य गर्दै आएता पनि अभिभावकले छोरी हरुको परीक्षा बिग्रिने डरले बाहिर खुलासा नगरिएको शिक्षक वीर बहादुर घर्तीले आफ्नो अनैतिक कार्य जारी राखेकाले उक्त कदम चालिएको प्राप्त समाचारमा उल्लेख छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु