Email : info@totalnewssewa.com

बैतडीमा भिरबाट लडेका दाजुलाई बचाउन खोज्दा दाजुभाइकै मृत्यु

 ३ फागुन
 
बैतडीको गाँजरीमा भिरबाट लडेर दाजुभाइको मृत्यु भएको छ । गाँजरी गाविस.२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाई परे धामीको मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले सोमबार साँझ दुदिलाखान बजारबाट घरजाने क्रममा स्थानीय भानु भिरबाट खसेर उनीहरुको ज्यान गएको बताए ।
 
दाई करे भिरबाट लड्दा भाइ परेले बचाउन खोज्दा दुबैजना भिरवाट लडेर घटनास्थलमै ज्यान गएको स्थानीयले बताए ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु