Email : info@totalnewssewa.com

कपिलबस्तु ६ वर्षकी बालिकाको बलात्कारपछि हत्या

 

फागुन ३ – चन्द्रौटामा ६ वर्षकी बालिकाको बलात्कार गरी हत्या गरिएको छ ।

शिवराज नगरपालिका-१० चन्द्रौटा प्रगतीनगर बस्ने  शोभाखर अधिकारीकी ६ वर्षकी छोरी सीता अधिकारीको बलात्कारपछि हत्या भएको हो । 

सोमबार बेलुकादेखि हराइरहेकी सीताको मंगलबार बिहान चन्द्रौटा रहटकोल नजिकैको जवाई खोलमा शव भेटीएको हो ।

रातभरी खोज तलास गर्दा खोला नजिक उनको कपडा भेटिएपछि खोज्दै जाँदा पानीमा शव फेला परेको हो ।

सीताको शव पानीमा डुबेको अवस्थामा भेटिएको थियो । सोमबार घरमा खेलिरहेको अवस्थामा अचानक सीता हराएकी थिइन् । 

सीता चन्द्रौटामा रहेको आवर मोदरल्याण्ड एकेडेमीमा एलकेजीमा पढ्थिन् । दोषीलाई पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न स्थानीय बासिन्दाले प्रशासनसँग माग गरेका छन् ।

दोषीको खोजी कार्य भैरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिनु भयो । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु