Email : info@totalnewssewa.com

लम्की बहुमुखी क्याम्पस कैलालीका क्याम्पस प्रमुखसहित तीनजना सम्पर्कविहीन

फागुन ४ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीनजना बुधबार (आज) दिउँसोबाट सम्पर्कविहीन भएका छन्

    इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिं कार्कीले क्याम्पसका प्रमुख भीष्म थापा, सहायक प्रमुख अम्बर रावल र निर्वाचन अधिकृत कमल विष्टको फोन ‘स्वीच अफ’ भइ सम्पर्कविहीन भएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिए ।

उनीहरु अपहरणमा परे/नपरेकाबारे अहिल्यै भन्न नसकिने कार्कीले बताए ।

विप्लव नेतृत्वको नेकपा माओवादीको भातृसंगठनले स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन चेतावनी दिएको जनाइएको छ ।

स्ववियु निर्वाचनका लागि बुधबारबाट निर्वाचनको कार्यतालिका प्रकाशन गर्ने तयारी थियो । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु