Email : info@totalnewssewa.com

नयाँ शक्ति र फोरमबीच एकता हुने निश्चित

बैशाख १९ – नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम पार्टीबीच एकता हुने निश्चित भएको छ । दुवै पार्टीका वार्ता टोलीका प्रतिनिधिहरूले एकताको लागि छलफल टुङ्ग्याएपछि एकता हुुने निश्चित भएको हो ।

 

      त्यसोत मिल्न बाँकी केही विषयमा दुई अध्यक्षले बसेर टुङ्गो लागेपछि एकता हुने भएको हो । एकतापछि बन्ने पार्टीमा दुवै अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवको स्पष्ट कार्यविभाजन गरिने नयाँ शक्तिका नेता नवराज सुवेदीले बताए । एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल वा नेपाल समाजवादी पार्टी राखिने भएको छ भने पार्टीको झण्डा र चुनाव चिन्ह नयाँ हुनेछ । साथै पार्टीको कार्यदिशा समाजवादी पार्टी हुनेछ । यसअघि यी दुईबीच पार्टी एकताको कुरामा अन्तिम समयमा आएर भाँडिएको थियो ।



प्रतिक्रियाहरु