Email : info@totalnewssewa.com

“प्रधानमन्त्रीले जहिल्यै हेप्छन्” :- सभापति देउवा

असार ४ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले सरकारले सधै हेप्ने गरेको आरोप लगाउनु भएको छ । आज बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले सधै प्रतिपक्षी दललाई हेप्ने गरेको आरोप लगाउनु भएको हो ।

 

      उहाँले सरकारले दुई तिहाईको दम्भमा बिपक्षीलाई मिचेरै अगाडी बढेको भन्दै त्यो आफुहश्रलाई स्वीकार्य नहुने बताउनु भयो । उहाँले विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै सरकारले प्रतिपक्षीलाई हेप्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो “प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ । विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् ।”

 

      हिजो मंगलबारको बैठकमा पनि बिपक्षीलाई बोल्न नदिएको भन्दै सरकारले बिपक्षीमाथि बलमिच्याई गरिरहेको आरोप लगाउनु भयो । बैठकमा बोल्दै उहाँले भन्नुभयो “हिजो मैले पहिले समय मागिसकेको थिएँ । प्रतिपक्षी दलले बोलिसकेपछि उहाँले जवाफ दिन पाउनुहुन्थ्यो । मेरो जवाफ दिन पाउनुहुन्थ्यो । यहाँ चाहि उल्टो भएको छ । संसारमा पहिले विपक्षीले बोल्छ अनि प्रधानमन्त्रीले बोल्ने हो । संसार भरि नै जवाफ दिने हो प्रधानमन्त्रीले । बोल्न विपक्षीले हो । तर यहाँ ठिक उल्टा । जबर्जस्ती गर्नु उपयुक्त हुन्छ रु सत्तापक्षले बोल्नुपर्ने विपक्षी बोल्न नपाउने ? यस्तो डेमोक्रेशी हुन्छ रु बल मिच्याई चल्दैन यो । हामी कुनै पनि हालतमा मान्नेवाला छैनौँ” । उहाँले बिगत स्मरण गराउँदै कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिन सम्म लगातार संसद अरुद्ध गरेको बताउनु भयो । “मैले बोल्ने समय माग्दा डराईहाल्नुपर्ने” ? उनको प्रश्न थियो । उहाँले संसदीय प्रक्रियामा प्रवेश गरिसकेको विधेयकलाई संसद बाहिर गएर फिर्ता लिने काम गरको भन्दै आपत्ति जनाए ।

 

      देउवाले भन्नुभयो “संसद चलेको बेला संसदमा दर्ता भएको विधेयक बाहिर फिर्ता लिन मिल्छ कहाँको संसदीय परम्परा हो रु संसदबाट फिर्ता लिनुपर्छ ।” उहाँले सरकारले ल्याएका मिडिया काउन्सिल विधेयक, सूचना विधेयक, मानवअधिकार आयोग लगायतका संविधान बिरोधी विधेयक कुनै पनि मुल्य र हालतमा संसदबाट पारित हुन नदिने चेतावनी दिनुभयो ।

 

      मिडिया काउन्सिल विधेयकले प्रजातन्त्रमाथि नै आक्रमण गरेको बताउँदै मिडियालाई त्रर्साउने, धम्काउने गरि सरकारले ल्याएको विधेयक पारित हुन नदिने चेतावनी दिनुभयो । सरकारले हरेक कुरामा दबाउन खोजेको भन्दै प्रजातन्त्र र बहुदलिय व्यवस्था माथिको आक्रमण आफुहरुलाई स्वीकार्य बताए । सरकारले यसरी नै दबाउन खोजे सशक्त आन्दोलन गर्ने चेतावनी दिए । एक फरक प्रसंगमा उहाँले प्रधानमन्त्री ओलीको भ्रमण पुर्णरुपमा असफल भएको घोषणा गर्नुभयो ।



प्रतिक्रियाहरु