कास्की २ मा नेकपाकी विद्या भट्टराई विजयी

मंसिर   १५- कास्कीको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छन् ।

सत्तारुढ दल नेकपाकी भट्टराईले ८ हजार ४ सय ३ मतान्तरले चुनाव जितेकी जितिन् । उनले २४ हजार ३ सय ९४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत ल्याए ।

 

यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याए ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु