Email : info@totalnewssewa.com

चर्चित गायक खुमन अधिकारी र निशा क्षेत्रीको आवाजमा ”झुम्का हरायो”तीजी गीत बजारमा(भिडियो सहित)

        नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा  लोक दोहोरी गायिका निशा क्षेत्री (निशाना)को तीजी कोशेली ”झुम्का हरायो ”सार्वजनिक भएको छ ।  

 

   चर्चित सर्जक शिव हमालको लय र शब्द रहेको गीतमा लोकप्रिय गायक खुमन अधिकारि र निशा क्षेत्रीको सुरिलो आवाज रहेको छ ।

   विश्वाश नेपालको संगीत संयोजन रहेको गीतलाई प्रकाश भट्टले भिडियो निर्देशन गर्नुभएको हो । 

करिश्मा ढकाल र लोमश शर्माको दमदार अभिनय रहेको तीज भाकालाई बिष्णु शर्माले सम्पादन र राजेश घिमिरेले खिच्नु  भएको हो ।  

गायिका क्षेत्रीले पहिलो पटक आफ्नै युटुब च्यानल (निशा क्षेत्री )नामक च्यानल लन्च गरी यही च्यानल मार्फत गीतलाई डिजितल बजारमा पठाउनु भएको छ ।  

झुम्का हरायोकी गायिका तथा प्रस्तुतकर्ता निशा क्षेत्रीले हामीसँग कुरा गर्दै गीत राम्रो बनेको र नयाँ च्यानलबाट सार्वजनिक गर्दा केही चुनौती पक्कै हुने यथार्थतालाई लुकाउन नहूने  बताउनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ,जापान शाखाको कार्यसमिती सदस्य समेत रहनुभएकी गायिका क्षेत्रीले गीत हेरेर प्रतिक्रिया दिनुहुन तथा युटुब च्यानल (निशा क्षेत्री )लाई सस्क्राईब गरिदिनुहुन पनि आग्रह गर्नुभएको छ ।

    

 यस् पटकको तीजमा झुम्का हरायो गीतले सबै नेपालीलाई  नचाउन सकोस् टोटल न्युज सेवा डट कमको तर्फबाट शुभकामना सँगै यो भिडियो तपाईंहरुको लागि -

 




प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु