Email : info@totalnewssewa.com

निर्माणाधिन भवनको लागि राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान जापान शाखाले गर्‍यो पाँच लाख बढी सहयोग

राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान नेपाल अन्तर्गतको जापान शाखाले केन्द्रिय भवन निर्माणकाे सहयाेगार्थ संकलित  रकम हस्तान्तरण गरेको छ । 

 

दोहोरिगीत प्रतिष्ठान नेपालका सल्लाहकार समेत रहनुभएका नारायण रायमाझीले केन्द्रिय अध्यक्ष बद्री पंगेनीलाई प्राप्त कुल पाँच लाख पाँच हजार पाँच सय पच्पन्न रुपैँया हस्तान्तरण गर्नुभएको थियो ।  

 

  नयाँ बर्ष २०१९ को अवसरमा गत डिसेम्बर ३० तारिखका दिन फुकुओकामा बरिष्ठ लोक गायक तथा सर्जक नारायण रायमाझी र चर्चित गायिका शान्तिश्री परियारको प्रस्तुतिमा सुमधुर साँगितिक साँझ र टोकियोमा गएको  मे १९ तारिख विशेष सांगितिक साँझ गरी संकलित रकम पठाईएको जापान शाखाका अध्यक्ष युवराज आचार्यले जानकारी दिनुभयो । 

 

काठमाण्डौको टोखामा करिब ८३ लाखको लागतमा बनिरहेको भवनको निर्माणमा सहयाेग पुर्याउने उद्देस्य सहित पठाईएको  यो रकम प्रतिष्ठान शाखाहरु मध्यको धेरै रकम भएको बताउँदै केन्द्रिय अध्यक्ष पंगेनीले जापान शाखाका कार्यसमितिका पदाधिकारी लगायत सम्पूर्ण जापानमा रहनुभएका नेपालीहरुमा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।  

 

सुविधासम्पन्न हल सहित ५ कोठे दुई तले भवन निर्माणको काम भैरहेको अवस्थामा यसरी सहयोग रकम प्रदान गर्न पाउनु गौरबको बिषय भएको र यो जापानमा रहनुभएका सम्पूर्ण नेपालीहरुको साथ र सहयोगले सम्भब भएको बताउँदै जापान   शाखाका  अध्यक्ष आचार्यले सहयोगी सबैप्रती आभार तथा धन्यवाद ब्यक्त गर्नुभएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु