Email : info@totalnewssewa.com

शाहिल खड्काको गीत ‘सरिम लाउने’ डिजिटल बजारमा (भिडियो सहित)

चर्चित आधुनिक गायक शाहिल खड्काको  गीत ‘सरिम लाउने’ डिजिटल बजारमा सार्वजनिक भएको छ।गीतमा हास्य टेलिश्रृङ्खला भद्रगोलकी कलाकार मुन्नी अर्थात प्रिया आचार्यको अभिनय रहेको छ। उनलाई अभिनयमा गायक खड्काले साथ दिएका छन्। 

 

शब्द र संगीत पनि गायक खड्काकै रहेको गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट, हेमन्त कान्छा रसाइलीको सारंगी रहेको छ। भिडियोलाई भद्रगोलका काकु अर्थात दिपक आचार्यले निर्देशन गरेका छन्। 

 

 

निकै मौलिकता बोकेको गीतको भिडियोको छायांकन बुद्ध थापाले गरेका छन।भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन्।साहील खड्काको यो भन्दा अगाडी पनि त्यो मनमा बोलको गीत निकै भाइरल भएको थियो।उनको पछिल्लो गीतहरु निकै चर्चामा छन।

सफलताको शुभकामना सहित हेरौ साहिल खड्का कै युटुबमा रहेको भिडियो -

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु