Email : info@totalnewssewa.com

केही मिनेटको भिडियोले चम्काएको रानूको भाग्य(भिडियो सहित)

भदौ १२-पछिल्लो केही समयदेखि भारतमा रानू मण्डल नामकी महिलाको धेरै चर्चा चलिरहेको छ । रल्वे स्टेशनमा सन् १९७२ को फिल्म ‘शोर’मा लता मंगेश्वरले गाएको ‘एक प्यार का नगमा है’ बोलको गीतले गाएर उनि चर्चामा आएकी हुन् ।

एक यात्रीले उनले गाउँदै गरेको गीतको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनी भाइरल भएकी हुन् । सामाजिक सञ्जालकै कारण अहिले रानूको भाग्य चम्किएको छ । उनी बलिउडका धेरै गायकका नजरमा पनि परिन् । यस्तैमा गायक हिमेश रेशमियाले उनलाई बोलाएर आफ्नो फिल्ममा गीत गाउने मौकासमेत दिएका छन् ।

हिमेशका अनुसार ‘तेरी मेरी कहानी’ शीर्षकको गीत उनको आगामी फिल्म ‘ह्पाप्पी हार्डी एण्ड हीर’ मा राखिनेछ । गाउने मौका दिनुका साथ साथै हिमेशले आफू जज रहेको सोनी टेलिभिजनको रियालिटी शो सुपर सिंगरमा रानूलाई विशेष अतिथिका रुपमा बोलाएर गाउन समेत लगाएका थिए ।

कार्यक्रममा हिमेशले सलमानका पिता सलीम खानले ‘यदि कोही ट्यालेन्ट भेटियो, मनभित्रैबाट लाग्यो कि उसमा प्रतिभा छ भने उसलाई अगाडि लिएर जानुपर्छ’ भन्ने कुरालाई सम्झेर रानूको प्रतिभालाई सबैको अगाडी ल्याएको बताएका छन् । रानूले पनि उक्त कार्यक्रममा आफुले रेल्वे स्टेशनमा गाउनुको बाध्यता खुलाउँदै आफूसँग बस्न घर नभएको र पेट पाल्नका लागि रेल्वे स्टेसनमा गाना गएर आफ्नो पेट पाल्दै दिन बिताउने बताएकी थिइन् ।

मेरो गीत सुनेर कसैले मलाई बिस्कुट दिन्थे त कोहीले पैसा । पूरै जीवन गरिबीमा बिताएपछि केही मिनेटको भिडियोले आफ्नो भाग्य चम्काएको उनले बताइन् । यस्तैमा बलिउडका चर्चित अभिनेता सलमान खानले रानूलाई ५५ लाखको घर उपहार दिएका छन् ।

सलमानले रानूलाई बस्नका मुम्बईमा ५५ लाखको घर उपहार दिएको भारतको ‘न्यूज १८’ मा उल्लेख गरिएको छ । यतिमात्रै नाबह्येरा रानूको आवाजबाट प्रभावित भएर सलमानले आफ्नो आगामी फिल्म ‘दबंग ३’ मा उनको स्वरमा एक गीत समेत रेकर्ड गराउने पक्का भएका छन् ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु