कोभिड-१९ को जितसँगै परदेशी गायक सुर्य खड्काको थोरै खुशी बजारमा(भिडियो सहित)

चर्चित प्रवासि गायक सुर्य खड्काको लोक गित थोरै खुशी सार्वजनिक भएको छ ।

कोभिड १९ कोरोनालाई जिते सँगै खड्काको लय, शब्द र स्वरमा रहेको उक्त गित प्रवाशि नेपालि अनलाईन युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक भएको हो ।

प्रवासि नेपालि कला मञ्च जापानले निमार्ण गरि बजारमा ल्याएको गितको म्युजिक भिडियोमा अनिलकुमार निर्दोष र यसोधा अधिकारिको अभियन रहेको छ । गितको एरेन्ज सागर विरहि तथा मिक्सीङ बाजुरालिको रहेको छ ।

मालाश्री रेकर्डिङ स्टुडियोमा अडियोको सम्पुर्ण कार्य सम्पन्न भएको गितको म्युजिक भिडियोको सम्पुर्ण कार्य जापानबाट गरिएको बताइएको छ । म्युजिक भिडियोको निर्देशन मिन थापा, छायांकन अर्जुन लामिछाने तथा कमल श्रीपालि तथा सम्पादन अनिल कुमार निर्दोषको रहेको छ ।

सोचे र चाहे जस्तो जीवन भएन भन्ने भाब बोकेको गितको भाब अनुसार कथा बस्तुलाई आधुनिक विषयमा ढालेर पछील्लो उर्जाशिल युवा पुस्तामा पनि लोकगीत प्रती लगाब रहेको कुरालाई भिडियो मार्फत कलात्मक रुपमा प्रस्तुत गरिएको भिडियोका निर्देशक थापाले बताउनुभयो ।

जापानमा रहेर नेपालि गित संगितको क्षेत्रमा क्रियाशिल खड्काले पछिल्लो समयको चर्चित नैना रेशमका साथै कैयौ चर्चित गितहरुमा आवाज दिनुभएको छ । गीतको पूर्ण सफलताको शुभकमना सहित पुरा भिडियो तपाईहरुको लागि यहाँ राखेका छौँ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु